– संकल्प काफ्ले
तानसेन – असार १६ गते जंगली च्याउ खाँदा पाल्पाको हक्लाङ गाविस- ८ का ३ बालकको मृत्यु भएको छ भने २ जना बालबलिकाको अवस्था गम्भिर छ ।
असार १६ गते च्याउ खाएका उनीहरुको पाल्पा मिसन अस्पतालमा उपचार गर्दागर्दै गएराति मृत्यु भएको हो ।
मृत्यु हुनेमा कुशल राना ५ वर्षका, एकबहादुर सारु १३ वर्षका र किरण सारु ११ वर्षका छन्। नरेश सारु ८ वर्षका र सुस्मिता सारु ६ वर्षियाको चिन्ताजनक अवस्था छ। मृतक सारुका आमाका अनुसार घरमा अभिभावक नभएको बेला उनीहरुले जंगलबाट च्याउ खोजेर घर ल्याएर पकाएर खाएका थिए ।
यसैबीच गुल्मी ग्वादी गाविसका प्रकाश सुनारको पनि जंगली च्याउ खाँदा स्वास्थ्य अवस्था गम्भिर छ । उपचारको लागि उनलाई मिसन अस्पतालमा भर्ना गरिएको छ ।