काबुल- डेढ महिनादेखि अफगानिस्तानको बाग्राममा बन्धक बनाइएका १० जना नेपाली मंगलबार बेलुकाबाट काबुलस्थित अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को आश्रयस्थलमा बसेका संचारमाध्यमहरुले उल्लेख गरेका छन।
साथै उद्धारको बारम्बार आग्रहपछि आईओएम र अफगानी गृह मन्त्रालयको समन्वयमा उनीहरूलाई उक्त आश्रयस्थल लगिएको हो । दसमध्ये तीन जनासँग मात्रै पासपोर्ट रहेकाले इस्लामावाद नियोगबाट यात्रा अनुमतिपत्रको प्रबन्ध गराएर नेपाल फर्काउन अझै केही दिन लाग्ने काबुलस्थित पत्रकार सुवेल भण्डारीले बताएका छन।
यसैगरी ‘बन्धक नेपालीमध्ये केही शारीरिक रूपमा अशक्त भएकाले आईओएमभित्रै चिकित्सक परीक्षण गराइने भएको छ,’ भण्डारीले भने ।
थाहा भए अनुसार काठमाडौं, दिल्ली र काबुलका तीन मानव तस्कर दलालको जालोमा परी जनही चार लाख रुपैयाँ बुझाएर उनीहरू गत वर्ष काबुल पुगेका थिए । उनीहरूलाई तदारुकताका साथ घर फर्काउन आवश्यक समन्वय र सहयोग पुर्याउने काम भइरहेको इस्लामावादस्थित नेपाली नियोगले जनाएको छ ।
यसैगरी दक्षिण एसियाली परिवार सार्कभित्र रहेको अफगानिस्तानको सहप्रमाणीकरण नेपाल मामला पाकिस्तानले हेर्दै आएको छ ।
स्रोत: अर्घाखाँचीडट्कम – बिभिन्न संचारमाध्यम