जापान बस्दै आएका नेपालीद्धारा फेसबुकमा जानकारी गराएर आत्महत्या

काठमाडौं  – जापानबाट सन्चालित नेपाली अन्लाईनहरुमा प्रकासित समाचार अनुसार रोजगारका लागि जापान बस्दै आएका एक नेपालीले फेसबुकमा जानकारी गराएर आत्महत्या गरेका छन् ।

थाहा भए अनुसार बागलुङ, गल्कोटका ३८ वर्षीय ललित साहनीले बिहीबार बिहान ५ बजे शौचालयमा पासो लगाएर आत्मत्या गरेका हुन् । जापानको स्थायी बसोबास भिषा पाएका साहनी श्रीमतीसहित साइतामाकेनमा बस्दै आएका थिए ।

साहनीले बिहीबार बिहान ‘यो मेरो अन्तिम तस्बिर हुनेछ’ भन्दै फेसबुकमा पोस्ट गरेका थिए । जापानको नेपाली अनलाइन समुद्रपारि डटकमका अनुसार साहनी कुक भिसामा सन् २००० जुलाईमा जापान गएका थिए । साहनी दम्पत्तिकी चार वर्षीया छोरी नेपालमै छिन् ।