मधेसवादी दल एवम जनजाति समुहहरुद्धारा नयाँ पार्टी बनाउने


काठमाडौं  – संचारमाध्यमहरुले उल्लेख गरे अनुसार तराई मधेस लोकतान्त्रिक पार्टीको बिहीबार बसेको केन्द्रीय कार्य समितिको बैठकले मधेसमा एउटै मधेसवादी दल हुनुपर्ने जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा यसको औपचारिक प्रस्ताव प्रस्तुत गर्ने निर्णय गरेको छ ।

तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्लका अनुसार, मधेसमा एउटै मधेसवादी दल हुनु पर्ने अभियानलाई मुर्त रुप दिन विभिन्न मधेसवादी दल र व्यक्तिहरुसँग वार्ता गर्न पार्टिले तीन सदस्यिय वार्ता टोली समेत गठन गरेको छ ।

तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठिको संयोजकत्वमा गठित उक्त समितिमा जितेन्द्र सोनल र पुष्पा ठाकुर छन् । यस्तै तमलोपाले सवै जिल्ला अधिवेशन भदौ १५ गतेसम्म सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।


 

जनजातिहरुद्धारा नयाँ पार्टी बनाउने

 

काठमाडौं । प्राप्त समाचार अनुसार आदिवासी जनजाति अगुवा नेताहरुले मुलुकमा छुट्टै राजनीतिक शक्तिको आवश्यकता रहेको बताएका छन् । उनीहरुले नयाँ बन्ने पार्टीलाई आदिवासी र जनजातिमा मात्रै केन्द्रित नराखेर उत्पीडित समुदायलाई पनि समेट्नुपर्ने जनाएका हुन् ।

 

वर्तमान राजनीतिक अवस्थाको विश्लेषण र निकासका लागि साझा अवधारणा तय गर्न राजधानीमा बुधबार र बिहीबार भएको जनजातिहरुको राष्ट्रिय सम्मेलनमा नयाँ बन्ने दलमा विभिन्न पार्टीमा रहेका जनजाति, मधेसी, मुस्लिम, दलितलगायतका नेताहरुलाई समावेश गराउनु पर्ने सुझाव आएको छ ।

 

उनीहरुले आफूहरु संलग्न पार्टीले जनजातिका मागहरुप्रति ध्यान नदिएको भन्दै संलग्न दल परित्याग गर्ने समेत बताएका छन् ।

 

डा.चैतन्य सुब्बा, डा.कृष्ण भट्टचन, डा.ओम गुरुङ, बालकृष्ण माबुहाङ, परशुराम तामाङ, कांग्रेसका पूर्व सभासद इन्द्रबहादुर गुरुङलगायतले आदिवासी जनजातिहरुको छुट्टै राजनीतिक संगठनको आवयक्ता रहेको बताए । उनीहरुले मुलुकमा रहेका हालका दलहरुलाई बाहुनवादी र संघीयता विरोधीको आरोप लगाउदै कटु आलोचना गरेका छन् ।

अन्य समाचारहरु