– उमाकान्त पाण्डे गाउंले
बुटवल २४ असार – बद्रे आलमको अध्यक्षतामा गठित तराइ-मधेश जनवादी मोर्चाको प्रथम केन्द्रिय भेला गत शनिबार बुटवलमा सपन्न भएको छ । भेलाले गरेका महत्वपूर्ण निर्णय बारे जानकारी दिन जारि गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ “तर्राई-मधेस जनवादी मोर्चाले देशमा हाल देखापरिरहेको जातिवाद तथा क्षेत्रीयतावाद जस्ता घातक प्रबृतिहरुका विरुद्ध संर्घष गर्ने र जातीय तथा क्षेत्रीय सद्भाव र एकता कायम गर्नका लागि जुट्ने छ।”
भेलामा बद्रे आलमले संगठनको घोषणा पत्र र विधान छलफलका लागि प्रस्तुत गर्नु भएको र सो मस्यौदालाई छलफल गरी आगामी केन्द्रिय भेलामा पारीत गर्ने निर्णय गरिएको छ ।
दीपक चौधरीको सभापतित्व, बद्रे आलमको संचालन तथा इन्दलप्रसाद केवटको स्वागतमा भेला सम्पन्न बहेको हो । भेलाको उद्घघाटन राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपालीले गर्नु भएको हो ।
कार्यक्रममा वामपन्थी बुद्धिजीवी कृष्णराज पौडेल,राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला उपाध्यक्ष कृष्ण बम मल्ल, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल किसान संघ केन्द्रीय कोषाध्यक्ष गणेश गौतम, अन्टुकका केन्द्रीय सदस्य नारायण पुन, युवक संघका केन्द्रीय सचिवालय सदस्य बाबुराम आचार्य, अखिल नेपाल महिला संघ रुपन्देही जिल्ला सचिव लक्ष्मी न्यौपाने, रक्तिम सांस्कृतिक अभियान केन्द्रीय सदस्य दलबहादुर भण्डारी तथा अखिल-छैठौंका केन्द्रीय उपाध्यक्ष विमल पोखरेललगायतले बोल्नु भएको थियो।
भेलाले बद्रे आलम -रुपन्देही, संयोजक र लखिन्द्र शाह -रौतहट, सचिव रहेको १३ सदस्यीय केन्द्रीय भेला आयोजक समिति समेत बनाएको छ । समितिका सदस्यहरुमा दीपक चौधरी तथा रामबाबु शाह -बारा, इसरार अहमद खा तथा जमील अहमद खा-बाके,इन्दल प्रसाद केबट -रुपन्देही, हनुमान चौधरी तथा बुधर अलि दाङ, हरिकिसोर महतो -रौतहट,ज्ञानबहादुर चौधरी- कपिलवस्तु,विकाराम चौधरी -नवलपरासी, र कर्ण प्रशाद चौधरी-कंचनपुर रहनुभएको छ ।
भेलापछि संयोजक बद्रे आलमको अध्यक्षतामा बसेको आयोजक समितिको बैठकले आउदो असोज ९ गते काठमाडौंमा बृहत गोष्ठीको आयोजना गर्ने, मंसिर २८, २९ र ३० गते बुटवलमा दोस्रो केन्द्रीय भेला सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।
बैठकले आयोजक समितिका सदस्यहरुलाई विभिन्न जिल्लामा संगठन निर्माण तथा विस्तारका लागि संगठनात्मक तथा केन्द्रीय भेलाको तयारीको जिम्मा दिएको छ । सो निर्णय अनुसार झापा, मोरङ,सुनसरी, सप्तरी, उदयपुर, सिरहा, धनुषा र महोत्तरी- लखिन्द्र शाह, र्सलाही र रौतहट- हरिकिशोर महतो, बारा र पर्सामा रामबाबु शाह, मकवानपुर र चितवन- दीपक चौधरी, नवलपरासी- विकाराम चौधरी, रुपन्देही- इन्दलप्रसाद केवट, कपिलवस्तु- ज्ञानबहादुर चौधरी, दाङ हनुमान चौधरी, बाके- इसरार अहमद खा,बर्दिया- जमील अहमद खा,कंचनपुर र कैलाली- कर्ण चौधरीलाई जिम्मा लगाएको छ । बैठकले केन्द्रीय कार्यालय बुटवलमा राख्ने समेत निर्णय गरेको तर्राई मधेश जनवादी मोर्चा केन्द्रीय भेला आयोजक समितिका सम्योजक बद्रे आलम द्वारा आज जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।