– क्रान्ति सिंह, दोहा कतार ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारको छैठौं नियमित पूर्ण वैठक संघका अध्यक्ष अमृत गुरुड.को अध्यक्षता तथा महासचिव क्रान्ति सिहंको संचालनमा ६ जुलाई २०१२ शुक्रवारकादिन दोहामा सम्पन्न भएकोछ ।
बैठकमा आईसीसी सचिव टि.बि. कार्की, आईसीसी मध्यपर्र्ूवर् संयोजक नरेन्द्र भाट, आईसीसी अर्न्तगत कन्स्टीच्युशन एमेन्डेन्ट एडभाईजरी एन्ड रुल्स फरमर्ेइशन टास्क फोर्स कमिटि सदस्य तथा एनसीसी कतार भूतपुर्व अध्यक्ष कमल मणी गुरागाई एवं एनसीसी सल्लाहकारहरु तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
बैठकले पाँचौं नियमित पर्ूण्ा वैठक पश्चात भएका विभिन्न गतिविधिहरुको समिक्षा गर्दै त्यस अवधिमा सचिवालयले गरेका दर्ुइवटा सचिवालय वैठकका निर्ण्र्ाारुलाइ र्सवसम्मत अनुमोदन गरेको छ ।
कतार लगायत खाडी राष्टहरुमा रहेको विद्यमान वैदेशिक रोजगारका समस्याहरुको वारेमा नेपाल सरकारका निकायहरु तथा वैदेशिक रोजगारका व्यवसायीहरु लाई यथार्थ जानकारी गराउन सम्वन्धित निकायका प्रतिनिधिहरुको भ्रमण तथा अर्न्तकृया कार्यक्रम गर्ने निर्ण्र्ाागरेको छ । उक्त कार्यक्रम सम्पन्न गर्नका लागि नेपाल सरकार र नेपाली नियोग एवं आईसीसी संग समेत समन्वय गरी अगाडी वढ्ने निर्ण्र्ाागरेको छ ।
उक्त प्रस्तावित कार्यक्रममा वैदेशिक रोजगारीमा अपनाईनु पर्ने सूरक्षा सचेतना सम्वन्धि विषयहरुलाई पनि समावेश गरिने जानकारी सुरक्षा तथा सचेतना उप समिति संयोजक नरेन्द्र भाट्र्राईले जानकारी गराएका थिए । वैदेशिक रोजगार व्यवस्थापन तथा श्रमिक कल्याण उप समितिद्धारा कतारमा विद्यमान श्रमिकहरुका समस्यामा केन्द्रित रहेर तयार पारिएको अवधारणात्मक प्रतिवेदनलाइ आवश्यक छलफल पश्चात अनुमोदन गर्दै त्यसलाइ एनसीसीको अवधारणाको रुपमा अगाडी बढाउने तथा समाधानका लागि दिएका सुझावहरुलाइ यथा सम्भव कार्यान्वयन गर्दे लैजाने निर्ण्र्ाागरेकोछ ।
त्यसै गरि संघका पारित कार्य योजनाहरुलाई निरन्तरता दिने क्रममा निकट भविश्यमा नै एनआरएन कप खेलकूद आयोजना गर्ने निर्ण्र्ाागर्दै खेलकूद उप समिति संयोजक कालमान वाईवालाई आवश्यक तयारी सहित खेलको संपर्ूण्ा खाका सहितको योजना तयार गर्न सुझाव दिएको छ । विगतका वर्षरुमा जस्तै यस वर्षा पनि भव्य रुपमा सम्पन्न भएको राष्टिय विभुति भगवान गौतम बुद्धको वुद्ध जयन्तीकार्यक्रमलाई सहयोग गर्ने निर्ण्र्ाागरेको छ ।
त्यसै गरि गत २०६९ जेठ २ गते मंगलवारका दिन सिराहाको औरही गा.वि.स. र शिवनगर गा.वि.स.मा भएको अकल्पनिय भिषण आगलागी पिडितहरुको सहयोगार्थ संघका सल्लाहकार संययोजक मक्सुद आलमको संयोजकत्वमा गठन भएको आगलागि पिडीत समितिले हाल सम्म संकलित रकमको विवरण प्रस्तुत गरेको थियो भने विभिन्न ठाउँमा रहेका संकलित रकमहरुलाई संकलन गरि आगामी जुलाई २० भित्र र्सार्वजनीक गरि आईसीसीमार्फ संवन्धित क्षेत्रमा पठाउने निर्ण्र्ाागरेको छ ।
स्मरण रहोस यस भन्दा पहिला पनि तमू समाज कतारको आयोजनामा तमूसमाजका बिशेष सल्लाहकार एवं एनआरएनए एनसीसी कतारका सल्लाहकार बिल बहादुर गरुड.को संयोजकत्वमा गठित सेती नदी वाढी पिडीत राहत संकलन सहयोग समिति संग पनि संघले हातेमालो गर्दै संघको तर्फाट आर्थिक सहयोग संकलन गरि समतिलाई हस्तान्त्रण गरेको थियो ।
गैर आवासीय नेपालली तारा तेस्रो सम्वन्धि सचिवालयले गरेको निर्ण्र्ाााई चर्चा गर्दै विगत २ वर्षदेखि कतारमा तमू साँस्कृतिक परिवारले आयोजना गरिआएको गैर आवासीय नेपाली तारा कार्यक्रम विगतका वर्षरुमा एनसीसीको सामान्य सहयोगमा सम्पन्न भईरहेको अवस्थामा उक्त कार्यक्रमलाई अफै फराकिलो र एनआरएनहरुको संजालमार्फ विश्व्यापी रुपमा परिचित गरि निरन्तरता दिन समू साँस्कृतिक परिवार संग आपसी समझदारी गरि एनआरएनए एनसीसीको आयोजनामा सम्पनन गर्न गरिएको आवश्यक पहल लाई तमू साँस्कृति परिवारको निर्ण्र्ाामुताविक अविलम्व रुपमा कार्यान्वयनमा लिई अगाडी वढ्ने निर्ण्र्ाागरेको छ । अन्त्यमा निकै सौहार्दपर्ूण्ा वातावरण र व्यापक छलफलका साथ वैठक सम्पन्नभएकोमा सवै उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै संघका अध्यक्ष अमृत गुरुङले वैठक समापन भएको जानकारी गराएका थिए ।