वैदेशिक रोजगारका लागि विदेश जाने कामदारको स्वास्थ्य परिक्षण शुल्कमा बृद्धि गरिएको छ ।
सोमबार नेपाल स्वास्थ्य व्यवसायि महासंघले पत्रकार सम्मेलन गरी साउन १ गतेबाट शुल्क बृद्धि हुने बताएको हो ।
हाल लिइरहेको पुरुषको लागि २ हजार बाट बृद्धि गरी २ हजार ९ सय ४० र महिलाको लागि २ हजार एक सयबाट ३ हजार १ सय पुर्याइएको हो ।
महासंघले सोमबार पत्रकार सम्मेलन गरी शुल्क बृद्धिबारे जानकारी गराएको हो । गुणस्तरीय स्वास्थ्य परिक्षणका लागि शुल्क बढाउनुपरेको महासंघको तर्क छ ।