गर्मी र वर्षा यामका कारण काठमाडौं लगायत देशभर सर्पको चलखेल

– अतुल मिश्र

 

काठमाडौं – गर्मी र वर्षा यामका कारण उपत्यका लगायत छिमेकी जिल्लामा सर्प दंशका घटना बढेका छन् । सर्पको चलखेल गर्ने समय भएकाले घटना बढेका हुन् । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा अहिले दैनिक सात- आठ जना सर्प दंशका विरामी आउने गरेका छन् ।

अस्पतालका अनुसार यो महिना सोमवारसम्म करिव दुई सय २५ जना सर्प टोकाइको उपचारको लागि अस्पताल पुगेका छन । ‘उपत्यका लगायत मकवानपुर, धादिङ्ग, काभ्रे, सिन्धुपालचोक, त्रिशलीसम्म सर्पको टोकाइले ग्रस्त विरामीहरु आइरहेका छन’,अस्पतालका डा.राजेश साहले भने, ‘अधिकांश टोकाई विषहिन सर्पको भए पनि यस पटक ६ जनालाई ‘एन्टि स्नेक भेनम’ समेत दिनु परेको छ ।’

उपत्यकामा वर्षेनी रोपाइको मौसममा सर्पको टोकाइमा बृद्घ हुने गरेको ईपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका डा.जितेन्द्रमान श्रेष्ठले बताए । ‘यो मौसममा सर्प बढी सक्रिय हुन्छ, उनीहरु शित निन्द्रावाट निस्किन्छ्न भने प्रजनन समेत यहि मौसममा हुने गरेको हो’, उनले भने, ‘खाना खोज्न वाहिर निस्किने सर्पसंग आम व्यक्तिको बढी मात्रामा भिडन्त हुने भएकोले यो समय टोकाइ बढने गरेको हो ।’

उपत्यकामा हुने सर्पको टोकाई भने विषालु न हुने डा श्रेष्ठले बताए । ‘कोव्रा र करत पाईदैन, यहाँ आदो सर्प (माउन्टेन विट वाईपर) र गि्रन विट वाईपर (हरियो सर्प) पाइन्छ यो मार्न भने सक्दैन’, उनले भने, ‘यो सर्पको टोकाइले १४ एमजी विष शरिरमा पुग्न सक्छ, जुन मार्न सक्ने खालको हुदैन ।’ यस्ता सर्प्को एक सय एमजी विष मात्र मानिसलाई मार्न सक्ने उनले बताए ।

यस्ता सर्पले टोकेको ठाउमा सुन्निने, पोल्ने, अलि अलि पिसावमा रगत देखिन सक्ने, रगत जम्न समय लाग्ने लगायतका लक्षण देखिन सक्ने उल्लेख गर्दे डा.श्रेष्ठले भने, ‘यस्तो स्थितिमा लाक्षणिक उपचारले निको पारिन्छ, एन्टि स्नेक भेनमको आवश्यकता हुदैन ।’

सर्पले टोके पछि अवैज्ञानिक तरिकाले कस्सेर टोकेको स्थानमा बाधेर ल्याउदा गत वर्ष दुइ जनाको हात काटनु परेको तथ्य औल्याउदै डा साहले भने, ‘हात खुट्टा कस्सेर वाधेर ल्याउदा उक्त अंग नै गुमाउनु पर्ने स्थिति देखिने गरिएकोले प्रायः कडा किसिमले वाध्नु हुदैन ।’

विश्व स्वास्थ्य संगठनको अनुमान अनुसार वर्षेनी ५० लाख व्यक्ति सर्पदंशको शिकार हुन्छन । जसमा २५ लाखमा सर्प विषको प्रभाव देखिने गरिएको छ । यस्तै सर्पदंश प्रभावित मध्ये करिव एक लाख व्यक्तिको मृत्यु हुने गरेको छ । यस्तै वर्षेनी करिव तिन लाख भन्दा बढी व्यक्तिले सर्पदंशको कारण हात खुट्टा कटाउनु परेको हुन्छ ।

सर्पले टोक्दा तुरन्त अस्पतालको आकस्मिक कक्षमा जानु पर्छ । तर यदि यो थाहा पाइयोस की सर्प विषालु छैन भने यो गर्ने आवश्यकता रहदैन । तर जोखिम नउठाई टोके लगत्तै अस्पताल पुग्नु नै राम्रो हुने उल्लेख गर्दै डा साहले भने, ‘सर्पको पहिचानमा गल्ती खतरनाक हुन सक्छ, सर्प विषालु छैन भने पनि यसको घाउको सावधानीले रेखदेख गर्नु पर्ने आवश्यकता हुन्छ, रोगीलाई टिटनसको खोप समेत लगाउनु पर्छ ।’

सर्प विषालु भए चिकित्सकले प्रतिविष (एन्टि भेनम) दिन्छन । प्रति विष एउटा औषधि हो जसको उपयोग सर्पको टोकाईको उपचारमा हुन्छ ।


विषालु सर्पको पहिचान

यदि सर्पले टोकेको स्थानमा स- सानो थुप्रै दातको चिनो देखिययो भने टोक्ने सर्प विषरहित हुन्छ । तर सुन्निनुको साथै दुई वटा ठुलो दातको चिनो समेत देखियोस भने यो विषालु सर्पले टोकेको संकेत हो । नाग वा गेहुवन सर्पको विषदन्त धेरै मोटो हुन्छ । जव यसले टोक्छ, सुन्निनुको साथै त्यो ठाउ रातो हुन्छ । तिव्र दुखाईको साथ पोल्छ । करैतको विषदन्त धेरै पातुलो हुन्छ । यसैले यसले टोक्दा थाहा समेत पाईन्न । बढी आक्रामक न हुने कारणले यो त्यति खेर सम्म सुसाउदैन-फुपकादैन) जव सम्म खतरा अनुभव न गरोस । यो पनि एउटा कारण हो यसले टोक्दा धेरै व्यक्तिको मृत्यु हुने । रसेल वा सा स्केल्ड वाईपर फुर्तिलो वा आक्रामक नभए पनि भयानक विषधर हुन्छन । यिनिहरुको विषको दात धेरै मोटो हुन्छ र टोक्दा तिव्र दुखाई संगै सुन्निने र पोल्ने गर्छ ।

अन्य समाचारहरु