– कृष्ण खनाल
बुटवल असार २६ । स्वाथ्य सिपमुलक शैक्षिक विकास केन्द्र पाल्पा र बुटवल नगरपालिकाको संयोजना सुचना प्रवाहमा प्रशंसनिय दृष्टिकोण; विषयक तिनदिने तालिम समापन भएको छ । गत आईतबारबाट सुरु भएको तालिम मंगलबार सकिएको हो ।
रुपन्देहीमा रहेका पत्रकारिता गर्दै आएका करिव दुई दर्जन कृयासिल पत्रकारहरुको सहभागिता रहेको तालिमको प्रशिक्षक राम बहादुर रावत हुनुहुन्थो ।
केन्द्र अध्यक्ष दण्डपाणी पोख्रॆलको अध्यक्षतामा भएको समापन कार्यक्रममा बुटवल नगरपालिकाका बरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कृष्ण कर्कीको संचालन रहेको कार्यक्रममा प्रशिक्षार्थी तथा महिला पत्रकार भगवती पाण्डे पत्रकार महेन्द्र थापा बुटवल नगरपालिकाका सामाजिक विकास अधिकृत दामोदर ज्ञवाली लगाएतले मन्तव्य राख्नुभएको थियो ।