मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु

मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

 

मोरङको बुद्धनगर गाविस वडा नं २ का विक्रम गुरुङको काममा जाने क्रममा विराटनगर वडा नं १८ स्थित नहर छेउमा चट्याङ लागि घटनास्थलमै मृत्यु भएका हो ।

 

यस्तै विराटनगर १८ खयरबनाका शिवजी यादवको खेत जोत्ने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

यादवसंगै खेत जोतिरहेका उनका एक हल गोरुको पनि मृत्यु भएको छ ।

अन्य समाचारहरु