रुपन्देहीमा दुई किशोरीमाथि यौन शोषणका प्रत्यक्षदर्शी किशोर १२ दिनदेखि बेपत्ता

शेरबहादुर केसी, नागरिक

 

भैरहवा – दुई किशोरीमाथि यौन शोषणका प्रत्यक्षदर्शी किशोर १२ दिनदेखि बेपत्ता छन्। आश्रममै रहेका १३ वर्षीय किशोर मनोज थापा र १० वर्षीय प्रेम सुनार एकाएक बेपत्ता भएका हुन्। तीमध्ये थापा घटनाका प्रत्यक्षदर्शी हुन्।

रुपन्देहीको मधवलिया-४, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमका प्रबन्ध निर्देशक आशिष थापाले आश्रममा रहेका बालिकालाई यौन शोषण गरेको यी किशोरबाट खुलेको हो। घटनाका प्रत्यक्षदर्शीलाई बेपत्ता गराएर मुद्दालाई कमजोर बनाउने षड्यन्त्रको रुपमा यो घटनालाई लिइएको छ। असार १८ गते बिहान ५ बजे आश्रम बाहिर निस्किएका उनीहरु त्यसपछि सम्पर्क बाहिर रहेको जिल्ला बाल कल्याण अधिकृत राज्यलक्ष्मी गुप्ताले बताइन्।

अन्य समाचारहरु