– डिल्लीराज घिमिरे
चिली । बैदेसिक रोजगारको क्रममा गत साल देखि चिली मा आउनेको लहर नै बढेको छ गत सेप्टेम्बर सम्म मा २० जना नेपाली रहेको देसमा अहिले ६० भन्दा बढी भै सकेको छ केहि नेपाली कम्पनिको टिकट र व्यवस्थाले आएका छन् ।
गत केहि समय यता नेपालीको चाप संगै एक नेपालको इज्जत माथि नै आच आउने कार्य भएको छ गत १० जुलाई मा १२ जना को समुहमा चिली मा नेपाली पुगेका छन् ति नेपाली युवा हरु पोखरा,चितवन र गोर्खा देखि आएका हुन् ।
यी नेपाली हरुलाई एक गोर्खा कै सुमन ढकाल नामक दलाल ले प्रति व्यक्ति ९ लाख लिएर १००० देखि माथिको तलब सुबिधा दिने झुटो आस्वासन सहित ल्याउने गरेको कुरा पीडितले बताएका छन् काठमाडौँ देखि कसैलाई मलेसिया हुदै बोलिभिया पूरयाई बसमा चिली मा पुराउने गरेको छ भने कसैलाई चिन हुदै त् कसै लाई ब्राजिल हुदै चिली मा उतार्ने गरेको छ ।
सामान्य तय चिली मा एक परमानेन्ट आइकाड़ बन्ने र यु एस ए जना सजिलो हुने सजिलो तरिका लाई लिएर पनि नेपाली आउने क्रम बढ्दो छ तर हाल मात्र चिली मा पुगेका नेपाली को त पस्स्पोर्ट पनि दलाल ले नै राखेको र चिली मा सरणार्थी को रुपमा आएको जानकारी मिलेको छ खुला सुरक्षा व्यवस्था को फाइदा लिदै दलाल ने कयौं नेपाली लाई ठग्ने गरेका छन् यसमा नेपाल सरकार को ध्यान के छ ? त्रिभुबन अन्तरास्ट्रिय बिमान स्थलमा सबै कागजात गलत हुन् वा पस्स्पोर्ट नै गलत होस् पैसा दिए पछि छाड्ने गरेको रहस्य खुले को छ बस्ताब मा यसै गर्दै जाने हो भने नेपालको सरकार तथा बैदेसिक रोजगार बिभाग को कुनै औचात्य नरहने देखिन्छ पी.एस.एम नेपाल का प्रतिनिधि बिस्नु खनाल का अनुसार अझै ४५ जना व्यक्ति बोलिभियामा छन् ति पनि चिली को लागि आएको जानकारी मिलेको छ ।
त्यस्तै त्यहिँ दलाल मार्फत गत ४ बर्ष पहिला चिलीमा पुगेकी सपना लामाएस बिसयमा नेपाल सरकार को ध्यान आकर्सन गराउन पर्ने बताई उहाको बिचार मा अब देखि नेपालको बिमान स्थलमा नै कन्ट्रोल गर्नु को विकल्प छैन।