प्रमुख जिल्ला प्रमुख रुद्रराज बस्याल र जिल्ला प्रहर प्रमुख सुरेन्द्र मैनली वार्ता स्थल बाट बाहिरिका छन् । पीडित पक्षले यातायात समितिका व्यक्ति आइनपुगुन्जेल वार्ता नगर्ने अडान लिएपछि वार्ता हुन नसकेको हो ।
स्थानीयले बसमा आगजानी गर्नुका साथै अरनिको राजमार्ग अवरुद्ध गरेर प्रर्दशन थालेका छन् । प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रृ ग्यास प्रहार गरेको छ ।
बनेपा ११ बुडोलबाट धुलिखेल तर्फ जादै गरेको बा.२.ख ५८९२ नम्बरको बसले किच्दा जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति डेगराज भट्टराईको मृत्यू भएको छ । अर्का स्रोत व्यक्ति नवराज तिमल्सिना गम्भीर घाइते छन् । उनलाई उपचारार्थ काठमाडौं न्यूरो अस्पताल पठाइएको छ ।
झडपमा प्रहरी निरीक्षक खेम आचार्य, प्रहरी नायव निरीक्षक विजय खत्री र प्रहरी सहायक निरीक्षक जयराम दुलाल घाइते भएका छन् । त्यस्तै दुई जना स्थानीय पनि घाइते छन् ।



