टे्रड युनियन रुपन्देहीद्वरा शैक्षिक सामाग्री वितरण

– कृष्ण खनाल

 

बुटवल असार ३१ । नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीले अनौपचारिक वाल शिक्षा कायक्रमका बिद्यार्थीलाई झोला तथा किताव वितरण गरेको छ ।

 

Photo8

 

निम्नस्तरका मजदुरका वच्चाहरुलाई लक्षित गरी जापान अन्तराष्ट्रिय लेवर फाउण्डेसनजिलाफको सहयोगमा ट्रेड युनियन कांग्रेसले साचालन गरेको अनौपचारिव वाल शिक्षा कार्यक्रमका वालवालिकाहरुलाई आईतबार एक कार्यक्रमका विच झोला तथा किताव वितरण गर्नुका साथै कार्यक्रमलाई अझै बढी कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अन्तरकृया गरेहो हो ।


जापान अन्तराष्ट्रिय लेवर फाउण्डेसनको सहयोगमा बुटवलको उजिरिसंह माबिमा सचालित अनौपचारिक वाल शिक्षा कार्यक्रममा ५० जना वालवालिका अध्ययन गरिरहेका छन । उनीहरुलाई पढाउने तथा किताव कापि झोला बिद्यालय पोशाक लगायतका आवश्यक सामागि्रहरु उपलव्ध गराउँदै आएको नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठले जानकारी गराउनु भयो ।


अन्तरकि्रया कार्यक्रममा उजिरिसंह माबिका प्रधानाध्यापक मोहमद महवुव खाँले जिलाफ र ट्रेड युनियन कांग्रेसको सहकार्यमा अनौपचारिक रुपमा भएपनि पढ्नबाट विाचत वालवालिकालाई धेरै ठूलो सहयोग पुगेको बताउनु भयो

अन्य समाचारहरु