विश्व सम्पदा सुचीमा सुचिकृत इलामको प्रसिद्ध माइपोखरीमा पानीको सतह घट्दै

विश्व सम्पदा सुचीमा सुचिकृत इलामको प्रसिद्ध माइपोखरीमा पानीको सतह घट्दै गएको छ ।

 

एक महिना यता क्रमिक रुपले पानीको सतह घटेको हो । २०४० साल यता पोखरीमा सबैभन्दा वढी पानी घटेको स्थानीय राम राईले बताए । पोखरीमा यो वर्ष चार वटा मूल नफुटेको पनि राइले जानकारी दिए ।

 

पोखरी आसपासमा घर बन्नेक्रम बढेपछि पानीको सतह घटेको अनुमान गरिएको छ ।

 

जैविक विविधता तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण माइपोखरी २ हजार १ सय २१ मिटरको उचाइमा रहको छ । – RSS

अन्य समाचारहरु