रोजगारीको शिलशिलामा साउदी अरब पुगेका एक नेपालीको मृत्यु

काठमाण्डौ । रोजगारीको शिलशिलामा साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । करिव डेढ महिनाअघि काठमाण्डौँका त्रिपुरेश्वरस्थित वल्र्डवाइज म्यानपावर कम्पनी साउदी पुगेका सप्तरी घोघनपुर-४, का म ३८ वर्षीय  हकिम मियाँको मृत्यु भएको हो ।


साउदी अरबस्थित अलकपी धात्मा मोहम्मदिन अब्दुल्ला अल कतानी कम्पनीमा कार्यरत हकिमको शव उनको कोठामा फेला परेको बताइएको छ । 

 

एक लाख खर्चेर गएका हकिमका दुई छोरा र दुई छोरी छन् । हकिमको मृत्युपछि उनलाई नेपाल ल्याउन नसक्दा अन्तिम संस्कार हुन सकेको छैन ।