गएरातिदेखि परेको अविरल बर्षाको कारण कालापानी खोलामा बाढी आउँदा दाङको सिसहनीया गाउँ विकास समितिका ४, ५, ६ र ७ नम्बर वडा पूरै डुवानमा परेको छ ।
वडा नम्बर ५ बाट खोलाको पानी बस्तीमा छिर्दा कालापानी, पिपरी, परर्वा, मथवा, कुनहवा, पुर्नपानीलगायतका दर्जनौ गाउँ डुवानमा परेको हो । डुवानको कारण यि वडामा रहेका एक हजारभन्दा बढी घर जलमग्न भएका छन् भने २५ घर भत्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सेना र प्रहरीको संयुक्त सुरक्षा टोलीले पीडितको उद्धार गरिरहेका छन् । पीडितलाई महेन्द्र राजमार्गस्थित सडक किनारमा अस्थायी पाल राखेर सार्ने काम भइरहेको छ ।