काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालको दश दिने युरोप भ्रमण रद्द भएको छ।
खनालका स्वकीय सचिव रामबाबु अधिकारी मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका कारण भ्रमण रद्द भएको जानकारी दिए।
उनी १० दिनका लागि आज राति युरोप जाने कार्यक्रम थियो।
युरोपेली मुलुकमा रहेको नेपलिज डेमोक्र्याटिक फोरमको सम्मेलन र स्पेन, पोर्चुगल स्थित गैर आवासीय नेपालीसँगको छलफलमा भाग लिन खनाल त्यता जान लागेका थिए।
खनालका साथमा एमाले नेताहरू प्रकाश ज्वाला, अरूण नेपाल र स्वकीय सचिव अधिकारी जाने कार्यक्रम थियो।
– रासस