यौन क्रियाकलापमा संलग्न रहेको भन्दै प्रहरीद्धारा पोखरामा ९ जनालाई नियन्त्रण

 कास्की, ४ साउन  – यौन क्रियाकलापमा संलग्न रहेको भन्दै प्रहरीले पोखरामा ९ जनालाई नियन्त्रणमा लिएको छ ।
पोखराको नयाँ बसपार्कमा रहेको तृप्ति होटलबाट २ जना र लेकसाईडमा रहेको ह्वाईट रोज रेष्टुरेण्ट एण्ड बारबाट ७ जना पक्राउ परेका हुन् ।
 
तृप्ति होटलबाट पोखरा १७ बिरौटाका प्रकाश श्रेष्ठ र बाग्लुङकी कुन्ती क्षेत्री पक्राउ परेका छन् । यस्तै ह्वाईट रोज रेष्टुरेण्टबाट काठमाडौं गोंगवुका विक्रम गौतम, हिरामनी सिटौला, धापासीका विमोचन बस्नेत, बेशीगाउँकी रमा कार्की, काभ्रेकी मनिषा थापा, पोखरा बाराही चोककी उमा क्षेत्री र बाग्लुङ बुर्तिवाङ घर भै सोही रेष्टुरेण्टमा कार्यरत कोपिल मगर पक्राउ परेका हुन् ।
 
पक्राउ परेका सबैलाई सार्वजनिक अपराध मुद्दा दर्ता गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।


– RSS

अन्य समाचारहरु