इजरायलको आक्कोमा कार्यरत एक नेपाली महिला आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला

– अर्जुन जयसवाल

एन. आर. एन. – एन.सीसी. एन. इजरायलका अध्यक्ष्य सुबाश खरेलले दिनु भएको जानकारीको आधारमा ,४ बर्ष देखि इजरायलको आक्कोमा कार्यरत शान्ता अधिकारी काम गरी राखेकै घरमा आज बिहान आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेकी छीन | बिहान पख ढीला सम्म नउठेको देखेर, एम्प्लोयेरले उठाउन जांदा, मृत्यु भएको आशंकाले उनले प्रहरिलाई खबर गरेकी थिईन | बिबाहित शान्ता अधिकारीको बोलाउने अर्को नाम इन्दिरा अधिकारी पनि हो | इटहरा घर भई काठमांडूमा बसोबास गर्दै आएकी शान्ता अधिकारी , केही समय अघि मात्र २ महिनाको छुट्टीमा गएर नेपालबाट फर्केकी थिईन |


यो घटनाको बारेमा बिस्तृत रूपमा बुझ्न, इजरायल स्थित नेपाली दूतावासका मिनिस्टर काउस्लर रमेश खनाललाई सम्पर्क गर्दा , “हामीलाई आधिकारिक रूपमा यो घटना सम्बन्धी केही जानकारी नभएको”भने | अनौपचारिक रूपमा हामीलाई सुन्नमा आएको तर, प्रहरीको अनुसन्धान र चिकिस्तकको रिपोर्ट पछि मात्र आधिकारी रूपमा केही भन्न सकिने जानकारी दिनु भयो |