
अविरल बर्षाका कारण लमजुङको सदरमुकाम वेंसीशहरस्थित कारागार भत्किएको छ ।
कारागारको पूर्वपट्टीको पर्खालको २५ मिटर भाग भत्किएको छ ।
नौ वर्ष अघि पनि सोही पर्खाल भत्किएर मर्मत गरिएको थियो ।
तत्कालका लागि कारागार सुरक्षाको लागि थप सुरक्षाकर्मी खटाइएको छ भने तार, जाली र जस्तापाताले छेकबार लगाइएको ।
२५ जना क्षमताको कारागारमा ३९ पुरुष, ५ महिला र २ बालवालिका गरी ४६ जना बन्दी रहेका छन् ।