– कृष्ण खनाल
बुटवल साउन ५ । राष्ट्रपति डा. रामवरण यादव आज शनिवार वुटवलमा निर्मित कोरिया नेपाल इ_िन्स्टच्यूट अफ टेक्नोलोजीको उदघाटन गर्न वुटवल आउने कार्यक्रम रहेको छ ।
दक्षिण कोरिया सरकारको सहयोगमा वुटवल नगरपालिका १४ स्थित तामनगरमा करिव ५५ करोड रुपैयाको लागतमा निर्मित टेक्नोलोजीको उदघाटन गर्न राष्ट्रपति वुटवल आउन लाग्नुभएको हो ।
कोरिया नेपाल इ_िन्स्टच्यूट अफ टेक्नोलोजी प्राविधिक शिक्षालय को निर्माण कार्य सम्पन्न गरि बिद्यार्थी भर्ना प्रकि्रया समेत सुरु भएको छ । बुटवलको तामनगरमा निर्माणाधिन कोरियन प्राविधिक शिक्षालय संचालनमा आएपछि अव नेपाली युवाले दक्ष प्राबिधिक बन्ने अवसर पाउने भएका छन् ।
नेपाल सरकार सिटिईभिटी र कोरिया सरकार कोईका को करिब ५५ करोड रुपैयाको लागतमा ९ विघा १३ कठ्ठा क्षेत्रफल भित्र निर्माण भएको प्राविधिक शिक्षालयको भवन लगायतका पूर्बाधार निर्माण कार्य सम्पन्न भइसकेको छ ।
दक्षिण कोरियाको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्माण भएको शिक्षालयमा यसै शैक्षिक सत्रदेखि संचालन गर्न ३ बर्षे इलोक्ट्रोनिक्स वेल्डीङ र मेकानिकल इन्जिनियरिङमा भर्ना प्रकि्रया सुरु भएको छ ।
यस बर्ष प्रत्येक बिषयमा ३०-३० जना रहनेगरि ९० जना बिद्यार्थीलाई भर्ना लिइने प्राचार्य अरबिन्द चौधरीले बताउनुभयो । प्रवेशिका पास गरेपछि पढ्न सकिने यो शिक्षालय तीन बर्षको पाठ्यक्रममा आधारित हुनेछ ।
यहाँबाट उत्पादित जनशक्ति मुलुकको आर्थिक तथा प्राबिधिक बिकासमा महत्वपूर्ण हुने बिश्वास गरिएको छ । यसका साथै देश भित्र मात्रे होईन बिदेशी बजारमा समेत उच्च प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष अनुसार सम्पुर्ण पुर्वाधार रहेको प्राचार्य चौधरी बताउनुहुन्छ ।
२०६६ सालमा नेपाल सरकार सिटिइभिटी र कोईका बिच सम्झौता भै निर्माण सुरु गरिएको शिक्षालयमा प्राबिधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद सिटिईभिटी को आंगिक प्राबिधिक कलेजको रुपमा आगामी बर्षका लागि बिद्यार्थी भर्ना प्रकि्रया सुरु गरिएको हो ।
सिटिईभिटीबाट तीनवटा प्राविधिक बिषयमा अध्ययनका लागि स्वीकृति प्राप्त भइ भर्ना प्रकि्रया सुरु भइसकेको शिक्षालयका प्राचार्य चौधरीले बताउनुभयो ।
यसै शैक्षिक सत्रदेखि साचालनमा आउन लागेको यो प्राविधिक शिक्षालयमा कोरियन भाषाको पढाई पनि हुने भएको छ ।
यस बाहेक आगामी शैक्षिक सत्रमा आइ टि अटोमोवाइल र मेसीनरी इन्जिनियरिङ जस्ता बिषयमा समेत पढाई संचालन गर्ने लक्ष रहेको प्राचार्य चौधरीले जानकारी दिनुभयो ।