झापामा चिकित्सक र एक नर्सलाई समागम गर्दै गर्दा आपत्तिजनक स्थितिमा डेराबाट पक्राउ

विराटनगर । झापामा कार्यरत एक चिकित्सक र एक नर्सलाई समागम गर्दै गर्दा आपत्तिजनक स्थितिमा विराटनगर-३ मुनालपथस्थित डेराबाट प्रहरीले पक्राउ गरेको छ ।


झापाको दमकस्थित लाइफ लाइन अस्पतालमा कार्यरत ३५ वर्षीय स्त्री रोग विशेषज्ञ डा. सरोज राई तथा त्यही काम गर्ने २३ वर्षीया नर्स नीरा तामाङलाई स्थानीय जनताको सहयोगमा समातिएको हो । डा. राई तथा नर्सबीच लामो समयदेखि अवैध सम्बन्ध रहेको बताइन्छ ।


चिकित्सक राईको एक छोरा र श्रीमती छन् । नर्स तामाङको दुई वर्ष अगाडि विवाह भएको र पति अष्ट्रेलियामा रहेको थाहाभएको छ ।

 

– रासस

अन्य समाचारहरु