– पशुपती श्रेष्ठ
दोहा कतार । “नेपाली महिला समाजको चाहना एकता र सहयोगको सामाजिक भावना ” भन्ने अभिप्रायका साथ खाडि मुलुक कतारमा पहिलो पटक महिला सामाजिक संस्था संगठित भएको नेपाली महिला समाज कतारले संस्थाको पहिचान र सहयोगको भावना राख्दै आफ्नो परिचयात्मक कार्यक्रम दोहाको गोल्डन फोर्क रेस्टुरेन्टमा समाजकी अध्यक्ष रेखा राइको सभापतित्वमा सम्पन्न गरेको छ।
समाजकी उपाध्यक्ष रोविना बास्तोलाको स्वागत मन्तव्यबाट सुरुभएको सो कार्यक्रममा प्रमुख अतिथि रहेका एनआरएनए एनसिसि कतारका सल्लाकार मक्सुद आलमले दिप प्रज्वलन तथा ब्यानर खोले भने उपस्थित अतिथीहरुले नेपाली राष्ट्रियगान गित गाएका थिए।
समाजकि सहकोषाध्यक्ष संगिता लामाले “”पुर्वको मेचि नि हाम्रै हो पश्चिम महाकाली नि हाम्रै हो हामि नेपाली हाम्रो नेपाल””…… भन्ने बोलको गितमा आफ्नो नृत्य प्रस्तुत गरीन। कार्यक्रममा एनआरएनए एनसिसिका उपाध्यक्ष गुरु नारायण भाट, आदिवासि जनजाति महासँघका अध्यक्ष मान बहादुर साँवा, जनप्रगतिशिल मञ्चका अध्यक्ष रमेश भट्ट, मोरङ सुनसरी सेवा समाजका खगेन्द्र कार्कि, तँनहु सेवा समाजका अध्यक्ष निमलाल कुमाल, नेपाली चलचित्रकि नायिका सोभिता सिम्खडा उनका पति निराञ्जन भण्डारी लगाएतका प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित प्रतिनिधिले आफ्नो मन्तव्यमा कतारमा पहिलो पटक महिला समाजसेविको जन्म भएको खुशि व्यक्त गर्दै आफ्नो ठाउँबाट हुने सक्ने सहयोग गर्ने भन्दै शुभकामना दिए।
मन्तव्यको क्रममा नायिका सोविताले आफ्नो देशबाट बाहिर रहेर पनि समाजका लागि केहि गर्नुपर्छ यो मेरो पनि मान्यता हो मैले आफ्नो क्षेत्रबाट जस्तो सुकै चुनौति दिने बताईन्। यसै क्रममा नेपाली महिला समाज नराखि प्रवासि नेपाली महिला समाज नाम राखेको भए राम्रो हुने थियो। भन्दै तनहु सेवा समाजका अध्यक्ष निमलाल कुमालले आफ्नो मन्तव्यमा सुझाव दिए।
कार्यक्रमको बिच बिचमा कविता तथा सङ्गितले मनोरम भएको कार्यक्रम हलमा समाजलाई स्थपना देखि नै ठुलो योगदान दिएको भन्दै समाजले मक्सुद आलम र एक्युवद्धता पाक्षिकका कतार प्रतिनिधि तिलविक्रम थेवेलाई खादा ओढाएर सम्मान गरेका थिए।
त्यस्तै कार्यक्रममा तिन वर्ष यताबाट कतारमा रहदै आएका कान्तिपुर दैनिकका अरब व्युरो संवादाता दिनेश रेग्मिलाई खादा ओढाएर विदाई गरे।
कार्यक्रममा राजधानी साप्ताहिका प्रेम लामा, एन्क्यु खबर डटकमका भोला थापा क्षेत्रि, कान्तिपुर साप्ताहिकका राजेश्वर ढकाल,चर्चित ढुङेल, अर्घाखाँची डट्कमका कतार ब्युरो प्रमुख पशुपती श्रेष्ठ लगाएतहरुको उपस्थित रहेको कार्यक्रम समाजकि सचिव जानुका खडकाले सञ्चालन गरेकि थिइन्।