गुल्मीको पराल्मी गाविसबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज २१६० नम्बरको जीप तम्घास नजिकै गर्जुरामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहेका लागि रिजर्भ गएको जीप शनिबार राती दुर्घटना हुँदा गुल्मी पौदीअमराई गाविस ५ का २६ वर्षिय बालकृष्ण पाठकको मृत्यु भएको हो ।
मृतक जीप धनी हुन् । बिहेबाट फर्किँदै गरेको जीप शनिबार राती १२ वजे तम्घास ५ मा रहेको गर्जुरामा सडकमा पल्टिएको थियो ।
पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
ओरालोमा रोकिराखेको जीप अचानक पल्टिएको थियो । जीपमा सवार अन्य ब्याक्तीहरु बाहिर झरेको बेला परेकोले बाँच्न सफल भएका छन् ।