गुल्मीको तम्घासमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु

घनश्याम गौतम

 

गुल्मी – गुल्मीको सदरमुकाम तम्घास नजिकै आइतबार बिहान भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार तम्घास-५ गर्जुरा नजिकैको चौपारीमा भएको लु. १ ज. २१६० नम्बरको जिप दुर्घटनामा जिप मालिक गुल्मीकै पौदीअमराई-८ का २६ वर्षीय बालकृष्ण पाठकको मृत्यु भएको हो ।


जिप रोकिराखेको अवस्थामा मालिकले चलाउन खोज्दा सडकमै पल्टिएको र जिपकै ढोकाले च्यापेर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप तम्घासबाट पराल्मी गाविसमा गएर फर्कने क्रममा आइतबार बिहान ३ बजे दुर्घटनामा परेको हो । प्रहरीले जिप र चालकलाई नियन्त्रणमा लिएको छ ।

अन्य समाचारहरु