सुकुम्वासी नराख्न माग गर्दै ललितपुर आंशिक बन्न

 काठमाडौं, ८ साउन  सुकुम्वासीलाई आफ्नो क्षेत्र आसपासमा राख्न नहुने भन्दै सुन्दरीघाटवासीले आज ललितपुर बन्द गरेका छन् ।
 
सरकारले तत्कालका लागि वागमति क्षेत्रका सुकुम्वासीहरुलाई ललितपुरको सुन्दरीघाटमा राख्ने निर्णय गरेको थियो । त्यसको विरोधमा स्थानीयवासी सडकमा उत्रिएका छन् ।
 
स्थानीयले गरेको बन्दबाट ललितपुर आंशिक प्रभाव परेको महानगरीय प्रहरी ललितपुरले बताएको छ ।
 

अन्य समाचारहरु