नेपालमा सामूहिक लगानीका लागि मास्कोमा रकम सङ्कलन आरम्भ

कृष्णप्रकाश श्रेष्ठ, मास्को –  रसियाली जनमैत्री विश्वविद्यालयको इन्टर-क्लबको एक कक्षमा गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदको वृहद बैठक सम्पन्न भयो । सामूहिक लगानीसम्बन्धी अन्तरक्रिया कार्यक्रम समावेश गरिएको बैठकमा प्रमुख अतिथिको रूपमा मास्कोस्थित नेपाली राजदूत महामहिम डा. रविमोहन सापकोटा  उपस्थित रहनुभएको थियो ।
       
 
 
वृहत बैठकको शुभारम्भ गर्दै गैरआवासीय नेपाली संघ रूसका महासचिव डा. एकनारायण चापागाईँले गैरआवासीय नेपालीहरूको नेपालमा सामूहिक लगानी विषयमा सन् २०११ को  २४ डिसम्बर तथा सन् २०१२ को २२ जनवरीमा पनि बैठक र अन्तरक्रियासम्पन्न भएको  सम्झना गराउँदै ६ महिनापछि यसपटक पनि पुनः यसै सर्न्दर्भमा केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भइरहेको जनाउनुभयो । प्रमुख अतिथि महामहिम राजदूत डा. रविमोहन सापकोटा, गैरआवासीय नेपाली संघका संस्थापक-अध्यक्ष डा. उपेन्द्र महतो, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष जीवा लामिछाने, रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष उत्सव अमात्य तथा सामूहिक लगानी समितका संयोजक डा मणिराज पोखरेलले अध्यक्षमण्डलमा आसन ग्रहण गर्नुभएपछि अन्तरक्रिया कार्यक्रम संचालन गरिएको थियो ।
रूसका लागि नेपाली राजदूत महामहिम डा. रविमोहन सापकोटाज्यूले बैठकको मुख्य विषयमै प्रवेश गर्नुभई नेपाल सरकारद्वारा लगानी वर्ष घोषणाको सन्दर्भमा काठमाडौंमा आयोजित विभिन्न मन्त्रालयका मन्त्री र सचिवका साथै बाहिरका समेत अनुभवी व्यक्तित्वबाट भाग लिइएको २ वटा प्रोग्राममा आफू सहभागी भएको जनाउनुहुँदै लगानीका लागि अत्यावश्यक चार कुराको चर्चा गर्नुभयो ।  ती हुन् : (१) सुनिश्चित समयसीमा भएको  लगानीको क्षेत्र, (२)  विश्वासिलो संगठन, (३) पारदर्शिता र (४) राज्यको तर्फबाट सुरक्षाको ग्यारेन्टी । महामहिमज्यूले व्यक्तिगतभन्दा सामूहिक लगानी बढी सुरक्षित हुने कुरा जनाउँदै नेपालमा सूर्य र पानी नै ऊर्जाशक्तिको स्रोतको रूपमा रहेको र तत्काल लाभ नहुने भए पनि हिमालको हिउँ सुके मात्र डुब्ने एक मात्र खतरा रहेको जलविद्युत् उत्पादनको क्षेत्रमा गरिएको लगानी दिगो महत्वको छ भनी जनाउनुभएको थियो । बनाऔं भन्ने उद्देश्य राख्ने गैरआवासीय नेपालीहरूले प्रकृतिले दिएको वरदानको उपयोग गर्न सामूहिक लगानीमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) का अध्यक्ष जीवा लामिछानेले ९ वर्षअघि गैरआवासीय नेपाली अभियान सुरु हुनासाथै सामूहिक लगानीको परिकल्पना गरिएको र पहिलेदेखि नै त्यसलाई मूर्त रूप दिने प्रयास पनि भइरहेको बताउनुहुँदै आफ्नो कार्यकालमा त्यसलाई ठोस रूप दिने अभिभारा आएको जनाउनुभयो ।
 
वितेको एक दशकको अवधिमा आफू स्थापित हुन प्रयास गरिरहेको गैरआवासीय नेपाली अभियानका सदस्यहरूबाट नेपालमा जलविद्युत, सञ्चार, बैङ्किङ, पर्यटन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रहरूमा लगानी भइसकेको भए तापनि सन् २०११ मा काठमाडौंमा सम्पन्न पाँचौं विश्व-सम्मेलनको समयमा ‘गैरआवासीय नेपालीहरू हल्ला मात्र गर्दछन्, लगानी गर्दैनन्’ भन्ने चर्को आवाज सुनिएको परिप्रेक्ष्यमा सामूहिक लगानीको अभियान अगाडि बढाइएको छ । लगानीका लागि प्राथमिकताको क्षेत्रको रूपमा ऊर्जा, यातायात, पर्यटन आदिलाई लिन सकिने भए पनि बिजुलीबिना घरव्यवहार समेत नचल्ने र कुनै विकास कार्य सम्भव नहुने हुँदा रूसमा समाजवादी क्रान्तिपछि देशको औद्योगिकीकरणलाई ध्यानमा राखेर ‘साम्यवाद भनेको सोभियत शासन प्लस देशको विद्युतीकरण हो’ भन्ने लेनिनको उक्तिको सम्झना गर्दै नेपालमा सामूहिक लगानीका लागि जोखिमरहित  लगानीको क्षेत्र रहेको जलविद्युत् केन्द्र निर्माण गर्ने परियोजना ल्याइएको बताउनुभयो ।
 
विपुल जलविद्युत् शक्तिको स्रोत भएको देश भए तापनि अहिले नेपालमा दिनको १८-२० घण्टासम्म पनि बिजुली उपलब्ध छैन । नेपाल सरकारले सुरुको १० वर्षसम्म करमुक्ति र त्यसपछिको ५ वर्षलाई ५० प्रतिशत छ्रूटका साथै ऊर्जासङ्कट कालभरि प्रचलित दरभन्दा २० प्रतिशत बढीमा विद्युत् खरिद गरिदिने व्यवस्था गरेर यस क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुका साथै पावर पर्चेजिङ्ग एग्रिमेन्टअनुसार उत्पादित बिजुली खरीद गर्ने ग्यारेन्टी समेत दिएको जनाउँदै इन्सुरेन्स समेत गरिने हुँदा जलविद्युत्को क्षेत्रमा लगानी विशेषतः सुरक्षित छ भन्नुभयो । गैरआवासीय नेपालीहरूबाट यस क्षेत्रमा गरिएको लगानीले औद्योगिक उत्पादनमा योगदान दिने, सानो पूँजी लगानीले पनि देश विकासका लागि केही योगदान गरेको भावना उब्जने र नेपालमा लगानीको आधार सिर्जना हुने कुरालाई ध्यानमा राखेर उहाँले लगानीका लागि आह्वान गर्नुभयो ।
(सामूहिक लगानी सम्बन्धी पहिलो बैठकमा नै ३२ करोड नेपाली रुपैंयाँ सङ्कल, संस्थापक-अध्यक्ष डा. उपेन्द्र महतोद्वारा गैरआवासीय नेपालीहरूबाट विश्वभरि सङ्कलित रकम बराबरको लगानी आफूले गर्ने प्रतिबद्धता व्यक्त)


सुरुमा लगानी कोषको माध्यमबाट लगानी गर्ने अवधारणा राखिएको भए पनि अब कम्पनीको माध्यमबाटै अगाडि बढ्ने भएका छौं भन्दै उहाँले आगामी अक्टोबरमा मनाइने गैरआवासीय नेपाली दिवससम्म कम्पनी स्थापना गरिएको घोषणा गर्नका लागि काम भइरहेको बताउनुका साथै गैरआवासीय नेपाली संघका ६१ वटै राष्ट्रिय समन्वय परिषद्हरुअन्तर्गत  सामूहिक लगानी समितिहरू बनिसकेको सूचना दिनुभयो र व्यक्तिगत हिसाबले एक लाख रुपैंयादेखि एक करोडसम्म लगानी गर्न सकिने जानकारी दिनुभयो । नेपाल सरकारबाट जारी गरिएको गैरआवासीय नेपालीसम्बन्धी कानूनबाट नेपाली राहदानीवाहक वा विदेशी राष्ट्रको नागरिकता प्राप्त गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा विदेशी लगानीकर्ताले पाएसरह सुविधा प्राप्त गर्ने अर्थात् लाभांश मात्र नभई लगानी पूँजी फिर्ता लान चाहेमा समेत परिवर्त्थ विदेशी मुद्रामा लान सकिने व्यवस्था रहेको जानकारी दिँदै यो शिघ्र लाभांश दिने परियोजना नभएको हुँदा आफ्नो आर्जनको केही अंश मात्र लगानी गर्ने सल्लाह दिनुभयो र गैरआवासीय नेपालीहरूको सामूहिक लगानीबाट नेपालमा १०० मेघावाटसम्म क्षमताको जलविद्युत् परियोजना बनाउने लक्ष्य रहेको कुरा बताउनुभयो ।
 
 
यस्ता परियोजनाको  निर्माण सँगसँगै स्थानीय तवरमा बाटोघाटोको निर्माण तथा सामाजिक संरचनाको विकास हुने हुँदा गैरआवासीय नेपालीहरूले एउटै मात्र प्रोजेक्ट सञ्चालन गर्नुभन्दा विभिन्न स्थानमा गरी ४-५ वटा विद्युत्केन्द्रहरू निर्माण गर्दा राम्रो हुने कुरामा जोड दिनुभयो । लक्षित परियोजनाका लागि ५ अरब रुपैंयाको  ईक्विटी आवश्यकता पर्ने अनुमान गरिए तापनि सुरुमा कबुल गरेको रकमको २५ प्रतिशत रकम मात्र उठाइने छ । परियोजनामा ७० देखि ७५ प्रतिशतसम्म रकम ब्याङ्कबाट ऋण उपलब्ध गरी परियोजनाको कार्य सञ्चालन गरिने जानकारी दिँदै एनआरएनए आईसीसीका अध्यक्ष जीवा लामिछानेले उत्पादित बिजुली बिक्री भई ब्याङ्कको ऋण भुक्तानी भइसकेपछि सम्पूर्ण लगानीको स्वामित्व लगानीकर्ताको आफ्नै हुनेहुँदा लगानीमा वार्षिक १८ देखि २५ प्रतिसम्म मुनाफा हुने बताउनुभयो । उहाँले कार्यक्रमका सहभागीहरूलाई लगानी गर्ने प्रतिबद्धताको रकम कम्पनी दर्ता गरिनुअघि नै अर्थात् आगामी २२ सेप्टेम्बरभित्रै खातामा जम्मा गरिसक्नुपर्ने जनाउ दिँदै आफ्नो तर्फबाट व्यक्तिगत रूपमा १ करोड रुपैंया लगानी गरिने जनाउनुभयो ।त्यसै गरी उहाँले आफू संलग्न कम्पनीबाट यस अभियानअन्तर्गत गैरआवासीय नेपालीले लगानी गर्ने जलविद्युत् परियोजनामा थप १५ करोड नेपाली रुपैंयाँ संस्थागत तवरले लगानी गरिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 
 
गैरआवासीय नेपाली संघका संस्थापक-अध्यक्ष डा. उपेन्द्र महतोले हामीसँग ‘बोल्नेको कमी छैन, गर्नेहरूको कमी छ’ भन्दै ‘कुरा जति गरे पनि सबैको सपना एउटै हो’ भनी जनाउनुका साथै ‘विदेशमा रही नेपालको चिन्तन मात्र गरेर नेपाल बन्दैन… सबै नेपालीहरूको इज्जत नेपालको समृद्धिसँग जोडिएको छ’ भनी जोड दिनुभयो र कमाइको केही भाग देश विकासमा लगानी गर्नका लागि ‘नेपालले सबैलाई घच्घच्याइरहेको’ हुँदा ‘अहिले नभए पनि बुढेस कालमा त सम्पन्न भएर बस्न पाऔं’ भनी गैरआवासीय नेपालीहरूको सामूहिक परियोजनामा लगानी गर्ने आह्वान गर्नुभयो । लगानीको ग्यारेन्टी राजनैतिक तथा व्यावसायिक स्थितिमा  निर्भर रहने सन्दर&am