रोजगारका लागि कोरिया छिरेका दुई नेपालीद्धारा आत्माहत्या

– कर्ण जंग रायमाझी 

 

दक्षिण कोरिया  – रोजगारका लागि कोरिया छिरेका दुई नेपालीले दुईदिन भित्र आत्माहत्या गरेका छन्। यसरी आत्माहत्या गर्नेहरुमा पोखरा बगर ट्याक्सी चोकका नबिन कुमार गुरुङ रहेका छन् भने अर्का प्यूठान स्याउलीबाङ ५ का ओमप्रसाद शेरचन रहेका छन्। गुरुङले बुधवार बिहान १४ तलामाथिबाट हामफलि देह त्याग गरेका हुन भने शेरचनले मङ्गलवार बिहान झुण्डीएर आत्माहत्या गरेका हुन।

गुरुङ चौध महिना अघि रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया प्रावेश गरेका थिए। उनी थेगु स्थित दोङ जिन वोल्डिङ कम्पनीमा कार्यरत थिए। गुरुङ केही महिना अघि देखि मानसिक तनावमा रहेको सँगै कार्यरत झापाका अर्जुन पनेरुले बताए। पनेरुले दिएको जानकारी अनुसार उनीले नेपाल फिर्ता हुनका लागि सोमबार बेलुका नौ तीसको थाईईयरको टिकट समेत गरेका थिए। साथी सँगै बिदाको हात मिलाउदै हिडेका गुरुङको मृत्यु भएको सुन्दा आफू दुखी भएको पनेरुको भनाई थियो। पनेरुले अगाडि भने ‘मलाई प्रहरीले फोनबाटै गुरुङको मृत्यु भएको जानकारी गराउदै आवश्यक सोध पुछका लागि बोलाएको थियो”। तीन घण्टाको बयान पछि आफू फर्किएको पनेरुले बताए। गुरुङ सोमबार बिहान बिदा भई अर्को सहर आन्शानमा पुगेको र म घर फर्कन लागेको भन्दै हिडेको साथी दुर्गा दाहालले बताए। तर सोमबारको उडानमा उनी नभए पछि उनको खोजिकार्य सुरु भएको थियो।


गुरुङले उनी कार्यरत कम्पनीबाट नजिकै रहेको थेगु दङ्गदेगु रेल स्टेसनको पछाडि पट्टि यस डि अपार्टको १४ तलाबाट हामफालेको प्रहरी र स्थानीय वासीले बताएका छन्। उनी १४ तलामाथिको बाहिरी भागमा रहेको फलामको डण्डि हातले समाएर झुण्डिएको अवस्थामा प्रहरीले देखेका थिए। उनलाई बचाउन आवश्यक प्रवन्ध मिलाउनु दुईमिनट पूर्व उनी माथिबाट भुईँमा बजारिन पुगेको प्रहरीले जनाएको छ।


यसै गरी शेरचनले मङ्गलवार बिहान आफू कार्यरत कम्पनीकै शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनी छनान फेक्सकदोङमा रहेको