यूरोप भ्रमणमा रहेका पूर्वराजा नेपालीहरुसँग भेटघाटमा

दीपेन्द्र के.सी., बेल्जियम


पेरिस फ्रान्स । यूरोप भ्रमणमा  रहनु भएका नेपालका पूर्वराजा ज्ञानेन्द्र  शाहबाट यही जुलाई २५ तारीखका दिन यूरोपमा रहेका राजतन्त्रवादी तथा राप्रपा नेपालका भातृ सँगठनका प्रतिनिधिहरुलाई भेट प्रदान गर्नुभयो ।

 

  नेपाली नागरिकहरु जीवनयापनका लागि विदेशिनु परेकोमा दुःख मनाउ गर्दै राजाले समय, काल, परिस्थिति र सन्दर्भले आफनो पनि जिम्मेवारी लिँदै अव सवै नेपाली नेपालभित्रै रहने वातावरण निर्माणका लागि आफूले नयाँ प्रयास गर्ने र विदेशी  भूमिबाट पनि पहल गर्न आग्रह भयो ।


 देशको वर्तमान अस्थिरता, असुरक्षा, अशान्ति, भत्कदो राष्ट्रिय एकता, सदभाव, भातृत्वका साथै राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताप्रति चिन्तित राजाको बाक्याँश थियो