कुबेतमा महिला श्रमिकको अवस्था नाजुक तर दुतावास मौन

– कुमार झापाली ,
    कुवेत सिटी ,
हाल मात्र नेपाली  दुताबास कुबेत बाट २०१२/०७/२६ मा २८ जना नेपाली महिला श्रमिक कुबेती सरकारको दाहेरा पुरा गरि स्वदेश फिर्ता गएका छन। उनीहरु दुताबासको सरणमा आएका थिए। विभिन्न समस्या बोकी मालिकबाट पाउने शारीरिक तथा मानिसिक पिडाको बोध सम्झी दुताबास पुगेका हुन। एकातिर पिर र पीडाले पिल्सिएका महिला कामदार सरणमा पुग्दा पनि शान्तिको भने स्वास फेर्न कठिन महसुस गरे । किनकि दुताबासका कर्मचारीबाट बोलिने भाषा ,विभिन्न गाली गलौचको त शिमा नै छैन। दुताबासको सिबिरमा खान पिनाको कुरा नै नगरौ त्यसमा पनि दुताबासका केहि कर्मचारीले राति सिबिर पसेर यातना सम्म दिने गरेका पिडित ‘सीता’ नाम गरेकी महिला कामदार बताउछिन । जे होस् दुताबासबाट शरण दिएर केहि राम्रा काम नगरेको भन्न त मिल्दैन कानुनी प्रक्रिया पुरयाउने काम पछी त परेको नहोला तर प्रसंगको कुरा यो सिबिरमा रहेका कामदारको हकमा खानपिन मुद्दा मामला सबै दुताबासबाट भएको छ ।                      
                                                                                                                                                                      
 श्रमिक श्रमबिना १३ महिना सिबिर र १ महिना जेल रहदाको पारिश्रमिक खोइ त ? यस बिषयमा केहि दिन अगाडी ट्रेड यूनियन  महासंघ र जीफन्टका प्रतिनिधिको रोहबरमा पनि कुरा न उठाएको होइन । तर कसले के गरयो ? आजका दिनमा पनि दुताबास सिबिरमा २०० को हाराहारीमा महिला श्रमिक रहेका छन । उनीहरुको यही  अवस्था छ ।
 
यस बारेमा अन्तराष्टिय श्रमिक सरोकार वालाको ध्यान जान जरुरि छ। यस बारेमा दुताबासमा सम्पर्क गर्दा दुताबासका द्धितीय सचिब पुष्पराज भट्टराई भन्नुहुन्छ ‘नेपाल जान सम्म कानुनी प्रक्रिया हामीले पुरा गरेका छौ,नेपाल सम्म पुग्ने बाताबरण तयार पारेकै छौ पारिश्रमिक बारेमा त हामीले कहाँ बाट दिलाउने र ? कुबेतमा नेपाल सरकार भनेकै दुताबास हो भन्ने हामीले महसुस गरेका छौ अब यस्ता किसिमका ब्यबाहारले के नेपालीहरुले दुताबासबाट केहि आसा गर्न सकिएला ?

यूएईमा रहने नेपालीहरु, संघसस्था लगायतलाई आफ्ना कार्यक्रम, भेला- गोष्टी, प्रेस विज्ञप्ती, सुचना जानकारी दिन परेमा अर्घाखाँची डट्कम दुबइ तथा सारजाह प्रान्तिय प्रतिनिधि राजु खड्कालाई + 971552670943, 971506321356  Email: 

मा संपर्क गर्न सकिने जानकारी गराइन्छ । – अर्घाखाँची डट्कम