प्रख्यात समाचार प्रस्तोता तथा वरिष्ठ पत्रकार प्रवीण गिरीको अन्त्येष्टि


काठमाडौँ – प्रख्यात समाचार प्रस्तोता तथा वरिष्ठ पत्रकार प्रवीण गिरीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरियो।आन्द्राको क्यान्सर रोगबाट पीडित भएपछि दुई साताअघि चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएका गिरीको उपचारकै क्रममा हिजो बिहान ६२ वर्षको उमेरमा निधन भएको थियो।




 

स्व. गिरीको पार्थिव शरीरमा उनका छोरा प्रणव गिरीले दागबत्ती दिएका थिए।
स्व. गिरीलाई श्रद्धाञ्जली व्यक्त गर्न पशुपतिस्थित वनकालीमा सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो।

विसं. २००७ सालमा काठमाडौँको नःघलमा जन्मनुभएका गिरीले सन् १९७५ मा रेडियो नेपालको अन्तर्राष्ट्रिय समाचार मोनिटर तथा समाचारवाचकका रूपमा पत्रकारिता सुरु गरेका थिए।


नेपाल टेलिभिजनमा दुई दशकभन्दा बढी समाचार सम्पादन र वाचकका रूपमा सेवा गरेका स्व. गिरी अर्थशास्त्र विषयमा सहप्राध्यापककारूपमा मीनभवन क्याम्पसमा अध्यापन समेत गराउँथे।


उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्। रासस

अन्य समाचारहरु