सर्लाहीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गएराती महादेव मन्दिरमा जल चढाएर र्फकँदै गरेको बोलबम तिर्थयात्री चढेको ट्याक्टर दुर्घटना हुँदा सर्लाही भक्तिपुर गाविस ७ का मरु पण्डित, उनकी श्रीमती लालवतीदेवी र सोही ठाउँका उमेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाईते भएका दुई जनाको उपचार भईरहेको छ ।
महोत्तरीको टुटेश्वर महादेव मन्दिरबाट र्फकँदै गर्दा बढी लोडका कारण अनियन्त्रित भई बाँकेको जंगल खण्डमा राति ९ बजे ज १ त ४८८१ नम्बरको ट्याक्टर पल्टेको थियो ।
दुर्घटनामा परि दुई जनाको घट्नास्थलमै र एकजनाको उपचारार्थ अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।