कक्षा १ देखि १२ सम्मको शिक्षा निशुल्क हुनुपर्ने माग राखेर बिद्यार्थी संगठनहरुद्धारा उच्च माध्यमिक शिक्षा परिषदमा तालावन्दी

नौ बिद्यार्थी संगठनले उच्च माध्यामिक शिक्षा परिषद्का सदस्य सचिव भीमलाल गुरुङ तथा उपाध्यक्ष डा. हेमकुमार मिश्रको कार्यकक्षमा ताला लगाएका छन् । कक्षा १ देखि १२ सम्मको शिक्षा निशुल्क हुनुपर्ने माग राखेर बिद्यार्थी संगठनहरुले सानो ठिमी भक्तपुरस्थित उच्च माध्यमिक शिक्षा परिषद्को कार्यालयमा सदस्य सचिव गुरुङ र उपाध्यक्ष मिश्रको कार्यकक्षमा तालावन्दी गरेका हुन् ।


सानो ठिमीमै सिटिइभिटि कार्यालयमा पनि नौ बिद्यार्थी संगठनले सदस्य सचिव जयबहादुर टण्डन र उपाध्यक्ष गोपाल खनाललाई दुई घण्टा कार्यालय प्रवेशमा रोक लगाएका छन् । आफ्नो मागको अबिलम्ब सुनुवाई नभए भोलिदेखि कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक लगाउने चेतावनी विद्यार्थी संगठनहरुको छ ।


विद्यार्थी संगठनहरुले यही साउन ५ र ६ गते लिएको परिक्षामा अनियमितता भएको भन्दै पुन परिक्षा लिन माग गरेका छन् ।

 

– RSS

अन्य समाचारहरु