स्कुलका प्रिन्सिपलको हत्या, अर्की युवती पनि मृत भेटिईन

भक्तपुर कमलविनायकस्थित नियोलोजन स्कुलका प्रिन्सिपल सुजन पौडेलको हत्या भएको छ ।
पौडेलसहित विद्या साखकर्मी नामकी महिलाको हत्या गरिएको अवस्थामा ताथली- ८ मा मंगलबार बिहान भेटिएका भक्तपुर प्रहरी प्रमुख नारायणसिंह खड्काले जानकारी दिए ।
दुवैलाई धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थल एकान्त बाँसघारीभित्र छ । शव नजिकै एउटा मोटरसाइकल फेला परेको छ ।

अन्य समाचारहरु