– मणि नेपाली,
क्यालिफोर्निया
नेपाल विश्व सहयोग संघद्वारा ३ महिना पहिला सो संघका अन्तराष्ट्रिय अध्यक्ष युवराज कार्कीको संयोजकत्व गठित अमर बचाउ अन्तराष्ट्रिय सन्जाल (SAVE AMAR INTERNATIONAL NETWORK) सुरु गरे देखि यता अमर बचाउ अभियानमा तिब्र प्रगती भएको छ। हालै गठित उच्चस्तरीय अमर बचाउ राष्ट्रिय सवन्वय परिषदले आफ्नो कार्य सुरु गरेको छ। पश्चीम अमेरिका नेपाली महासंघ WANA को अध्यक्ष उमा कार्की थापाको नेतृत्वमा, एन आर एन एन सी सी, यु एस ए, एन ए जी सी, नेपलिज असोसियसन अफ साउथ ईस्ट अमेरिका NASEA, असोसियसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका ANMA , आलायन्स अफ नेप्लिज लायन्स क्लबस् लगायत महत्वपुर्ण सस्थाहरू सम्मिलित Save Amar National Coordination Council, USA हालै गठन भएको थियो। अमर बचाउ अभियानका यस्ता राष्ट्रिय समन्वय समिती मध्य यो तेश्रो हो र यो समितीले सो अभियानलाई तात्विक निष्कर्षमा पुर्याउन महत्वपुर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
यसै बीच लामो समय देखि यु ए ई को जेलमा मृत्यु दण्डकोलाई पर्खिरहेका दार्चुला निवाशी अमर बहादुर बमलाई बचाउन उदार हृदयले चन्दा प्रदान गर्ने व्यक्तित्वहरू सम्मानित भएका छन्। नेपाल विश्व सहयोग संघका अन्तरराष्ट्रिय अधक्ष मणी नेपाली पनेरुको प्रमूख आतिथ्यमा सम्पन्न एक समारोहमा सेभ अमर राष्ट्रिय सवन्वय परिषदकी सभापती उमा कार्की थापाले डोनेसन सर्टिफिकेटहरू प्रदान गर्नु भयो। सो कार्यक्रममा ए एन एस का अध्यक्ष रविन प्रधान, पशुपति फाउन्डेसन यु एस ए का भक्त थापा, जनसम्पर्क समिति लस अन्जेलसकी अध्यक्ष टीका चौधरी तथा नेपाल अमेरिका एकता समाज, एन आर एन, ए एन एस, नेपाली जन संपर्क समिती, पशुपतिनाथ फाउन्डेशन लगायत सस्थाहरुका उच्च पधादिधाकारीहरू लगायत उल्लेख्य उपस्थिती रहेको थियो।
सो कार्यक्रममा पनेरुले नेपाल विश्व सहयोग संघ तथा अमर बचाउ अभियान सम्बन्धी प्रकाश पार्दै लस एन्जलस क्षेत्रका क्षेत्रका नेपालिहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो। उपस्थित जिज्ञाशुहरूले राखेको प्रश्नको जबाफ दिंदै पनेरुले भन्नु भयो