रुकुम जिल्लाको आसपासमा ५ रेक्टरस्केलको भुकम्प

रुकुम जिल्लाको आसपासमा मंगलबार बेलुकी भुकम्प गएको छ । उक्त क्षेत्रमा बेलुकी ५ बजेर ३५ मिनेट र ५ बजेर ४० मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको छ ।


आज गएको उक्त पहिलो भूकम्पको धक्का ५ रेक्टरस्केल र दोस्रो भूकम्पको धक्का ४ रेक्टरस्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दू खलंगा विमानस्थलदेखि १० किलोमिटर दक्षिणी भागमा भएको पनि केन्द्रले बताएको छ ।


भूकम्पबाट हालसम्म कुनै मानवीयक्षति नभएको बताइएको छ । -RSS

अन्य समाचारहरु