तीन महिना नपुग्दै मुग्लिन पुल मर्मतको माग

तनहुँ – मुग्लिन पुलमा दुर्घटना बढेपछि मुग्लिन र आँबुखैरेनीका युवाहरुले पुल मर्मतको माग राख्दै बुधबार एक घण्टा पुल अवरुद्ध पारेका छन्। पुलको पाता अड्काउन प्रयोग गरिएको नटबोल्ट उक्किएर र पातामा चिप्लिएर दिनहुँ दुर्घटना हुन थालेपछि स्थानीय युवाले पुल मर्मतको माग राख्दै सडक अवरुद्ध पारेका हुन्।

ुपातामा चिप्लिएर र पुलको पाता उप्केर दिनहुँ पुलमा थुपै दुर्घटना हुने गरेका छन्,ु स्थानीय युवा रवि थापाले भने, ुयो महिनामा मात्र २७र२८ जनाको हात खुट्टा भाँचिसकेको छ।

सडक विभागले पुल सुधारमा ध्यान नदिए साउन २० गतेबाट बिहान १० बजेदेखि दैनिक तीन घण्टा पुल अवरुद्ध पार्ने स्थानीय युवाले घोषणा गरेका छन्। ुअवरुद्ध नगरेसम्म मागको सुनवाई नहुँदो रहेछ,ु उनले भने, ुपुलको नटबल्ट र दायाँबायाँका सर्पोटहरु समेत फुत्किसकेका छन्।ु

२०२८ सालमा चीन सरकारले पृथ्वी रामजार्गको त्रिशुली नदीमाथि निर्माण गरेको १ सय २५ मिटर लामो पुलका काठ मक्किएर र फलाममा खिया लागेर जीर्ण भएपछि गत वर्षमात्र सडक विभागले ३ लाखको लागतमा पुलको मर्मत शुरु गरेको थियो। पुल मर्मतको जिम्मा पाएको काठमाडौँको राधा स्ट्रक्चर एण्ड इन्जिनियरिङ वर्क्स प्रा।लिले ३ महिना अघि मात्र पुलको मर्मत कार्य पूरा गरेको थियो । – RSS

अन्य समाचारहरु