अर्घाखाँची सेवा समाज कतारको नियमित बैठक सम्पन्न


– पशुपती श्रेष्ठ –  दोहा , कतार 



रोजगारिको सिलसिलामा अर्घाखाँची बाट खाडी मुलुक कतारमा आएका अर्घेली युवाहरुको संगठीत “अर्घाखाँची सेवा समाज” कतारले आफ्नो नियमित चौथो बैठक दोहा स्थित मुन्त्जा पार्कमा समाजका अध्यक्ष युवराज पाण्डेको अध्यक्षतमा समपन्न गरेको छ। 



कार्यक्रम गत शुक्रबार अगस्ट ३ मा भएको हो । 



शुक्रबार छुट्टीको दिनमा बसदै आएको सो बैठकमा अर्घाखाँची वासिहरुको अत्यधिक सहभागीता रहेको थियो ।  



बैठकले कतारमा रहेका करिव सय बढी सघंसस्था संग सामाजिक कामका लागि जस्तो सुकै सहकार्य गर्न तयार रहेको बताएको छ। 



विशुद्द सामाजिक कार्यका लागि जन्मिएको सो समाज हालै मात्र स्थापना भए पछी बिभिन्न पेशा र व्यवसायमा आबद्द अर्घेलीलाई एक जुट बनाएर आफ्ना उदाहर्णिय कार्यलाई निरन्तर्ता दिदै छ । 



बैठकले केही दिन पहिले नरपानी ५ दह खोलामा फोर्स गाडी दुर्घटनामा ज्यान गुमाएका प्रती श्रद्धाञ्जलि व्यक्त गर्दै  मृतक परीवालाई धैर्य धारण गर्ने क्षमता भगवानले प्रदान गरुन साथै दुर्घटनामा घाईते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्यौ । 



त्यस्तै बैठकले समाजको विधान अनुसार महिनाको एक पटक बस्ने नियमित बैठकमा लगातार ३ पटक सम्म उपस्थित नभएका लाई कारबाही गर्दै रित्त सदस्य पदमा नारायण राना र दिपक कुँवरलाई मनोनय गरेको छ । 



बैठकले समय अनुकुल मिलाएर जिल्लामा सामाजिक कार्यगर्न छिट्टै अन्तरकृया कार्यक्रम समेत गर्ने बताएको छ।






Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।