नेपालमा जलविद्युतमा लगानी गर्न एनआरएनए एनसीसी यूएईले एकै दिन करिव साढे तीन् करोड रुपैयाँ संकलन

यूएई दुबइ – गैरआवासीय नेपाली संघ एनआरएनले सामूहिक लगानीको अवधारणाबाट नेपालमा जलविद्युतमा लगानी गर्नका लागि रकम संकलन गर्ने क्रममा एनआरएनए एनसीसी यूएईले एकै दिन करिव साढे तीन् करोड रुपैयाँ संकलन भएको छ । शुक्रवार दुवईको याक एण्ड एतीको सभाकक्षमा भएको अन्तरक्रिया कार्यक्रममा एकै दिनमा करिव साढे तिन करोड रुपैंया संकलन गरिएको हो । गत जुलाई २२ मा रसियाबाट सुरु भएको रकम संकलन अभियान अन्य राष्ट्रिय समन्वय समितिहरुमा पनि सुरु हुँदै छ ।



उक्त छलफल कार्यक्रममा छोटो समयमानै लगानीको प्रतिफल प्राप्त हुने आशामा र ऋण लिएर जलविद्युतमा लगानी नगर्न भू.पु मध्यपूर्वक संयोजक चन्द्र प्रसाद सापकोटाले वताउनुभयो । सामूहिक लगानी टाक्स फोर्सका सदस्य तथा एनसीसी अध्यक्ष चन्द्र रोकायाले एनआरएन ईन्भेस्टमेन्ट कम्पनी नेपालमा छिट्टै दर्ता हुन लागेको र कम्पनी दर्ता भएपछि न्युनतम १ लाख देखी १ करोड सम्म लगानी गर्न सकिने बताए ।



सेप्टेम्वर १२ २०१०२ सम्म ४ लाख देखी माथी कवुल गरेको रकमको पच्चिस प्रतिशत मात्र बुझाउनु पर्ने र बाँकी रकम केहीसमयपछि बुझाउन सकिने तर चार लाख भन्दा कम कवुल गरिएको छ भने एकमुष्ठ रकम बुझाउनु पर्ने वताए । एनआरएन संस्थाले लगानी नगर्ने तर एनआरएनले लगानी गर्ने पुलको काम गर्ने रोकायले बताए । मध्यपूर्व सह संयोजक लोकनाथ सुवेदीले एनआरएनले जलविधुतमा मात्र नभएर अन्य क्षेत्रमा पनि लगानी गरिरहेको र भविश्यमा पनि लगानी गर्ने क्षेत्रहरुको बारेमा प्रष्ट पारे । सामूहिक लगानी यूएईका संयोजक तथा एनसीसी सदस्य प्रदिप पौडेलले जलविधुतमा लगानी गर्दाको फाईदा, तथा सुरक्षित लगानीको बारेमा प्रष्ट पारेका थिए ।



छलफलमा यूएईका विभिन्न प्रान्तबाट आएका नेपालीहरुले खाडीमा नेपालीहरुको आयश्रोत न्युनतम् भएको हुनाले थोरै रकम लगानी कसरी गर्ने, सुरक्षाको ज्ञारेन्टी कसरी लिने, लगानी गरेको कति बर्षदेखी मुनाफा प्राप्त हुने, आदी प्रश्नहरु सोधेका थिए । छलफलको क्रममा उठेका प्रस्नहरुलाई एनसीसी यूएईका अध्यक्ष चन्द्र रोकाय, आईसीसी सदस्य छत्र लामा, चुणामणी ढकाल, सामूहिक लगानी यूएईका सम्योजक प्रदिप पौडेल आदीले ति प्रस्नहरुलाई प्रस्टाएका थिए ।



गैर आवासीय नेपाली संघ मध्यपूर्वक सह संयोजक लोकनाथ सुवेदीको प्रमुख आतिथ्यता तथा एनसीसी अध्यक्ष चन्द्र रोकायको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आईसीसी सदस्य छत्र लामा, विमल तामाङ्ग, चुणामणी ढकाल, मध्यपूर्वक सह सम्योजक लोकनाथ सुवेदी, एनसीसी सल्लाहकार मोहन शर्मा, भुवन राई भू.पू मध्यपूर्वक सम्योजक तथा समाजसेवी चन्द्र प्रसाद सापकोटा लगायत अन्य प्रवासी नेपालीहरुको वृहत उपस्थित रहेको थियो ।



उपस्थित नेपालीहरुले न्युनतम् एक लाख देखी १ करोड सम्म रकम कवुल गरेका थिए । रकम संकलन अभियान यो नै अन्तिम नभएको र सेप्टेम्वर १२ २०१२ सम्म पनि रकम कवुल गर्न सकिने भएको हुनाले अझै रकम संकलन हुने सामूहिक लगानी टाक्स फोर्सका सदस्य तथा एनसीसी अध्यक्ष चन्द्र रोकायले वताए ।



उक्त कार्यक्रम दिनको २ बजेदेखी ४ बजे सम्म यूएईका अन्य प्रान्तहरुमा रहेका क्षेत्रिय समन्वय समितिका पदाधिकारीहरु लगायतका अन्य प्रवासी नेपालीहरुलाई, एनआरएन के हो?, यसका उद्देश्यहरु के के हुन्? एनआरएनका काम कर्तब्य, आईसीसी, एनसीसी भनेको के हो? यसको संरचना कस्तो प्रकारको छ? हाल सम्म कतिवटा देशमा यो सञ्जाल फैलिएको छ आदी ईत्यादी विषयमा प्रशिक्षण कार्यक्रम पनि आयोजना गरिएको थियो । उक्त प्रशिक्षणमा एनआरएन आईसीसी सदस्य चुणामणी ढकाल, मध्यपूर्वक सह सम्योजक लोकनाथ सुवेदी, एनसीसी अध्यक्ष चन्द्र रोकाय, एनसीसी प्रवक्ता निमेश गिरीले तिनै विषयहरुमा प्रशिक्षण दिएका थिए ।



 गत जुलाई २२ मा जलविद्युत लगानी गर्न रसियामा करिव ३३ करोड रुपैया संकलन भईसकेकेा छ भने उक्त अवसरमा गैर आवासीय नेपाली संघका सस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तोले जलविधुतका लागि गैर आवासीय नेपालहिरुबाट विश्वभरी संकलित रकम बराबरको लगानी आँफूले गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।