काठमाडौं । काठमाडौंबाट झापा जाँदै गरेको यात्रु बसको ठक्करबाट मोरङमा साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुने मोरङ पथरी बयरवनका टिडी राई हुन् । बस र बस चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।
उता, कञ्चनपुरमा सर्पको टोकाइबाट १० वर्षिय बालक प्रकाश दमाईको मृत्यु भएको छ । भीमदत्त नगरपालिका हल्दुखालमा सुतेकै ठाउँमा विहीवार सर्पले टोकेका प्रकाशलाई महाकाली अञ्चल अस्पताल लगिएपनि अस्पतालमा भेन्टिलटेरको अभावमा उपचार हुन नसक्दा मृत्यु भएको हो ।
उपचारको अभावमा सर्पको टोकाईबाट यस वर्ष तीन जनाको मृत्यु भइसकेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।
– RSS