यसको अतिरिक्त कार्यक्रममा विश्व आदिवासी दिवसको प्रसङ्ग, आदिवासी जनजातिहरुको हक अधिकारको सवाल, नेपालको वर्तमान परिस्थिति र जनजातिहरुको भूमिका आदि विषयमा युएइमा रहेका जनजाति अघुवाहरु द्वारा मन्तब्य व्यक्त गर्ने कार्यक्रम रहेको छ l संयोजक डि. आर गुरुङ ले जानकारी गराउनु भए अनुसार कार्यक्रम इम्पेरिअल सुइट्स होटेल बरदुबई को पार्टी हलमा दिनको ठिक २ बजे देखि शुरु हुनेछ l
युएईका गायन, नृत्य र हास्य व्यंग्य कलाका महसुर हस्तीहरुको भिडन्त हेरेर रमाइलो गर्न साथमा तपाइहरुले चाहनु भएको प्रिय कलाकारलाई आफ्नो अमुल्य भोट दिएर बिजयी बनाउन र जनजातिहरुको सवालमा नया नया जानकारी लिन कार्यक्रममा उपस्थित भई १८औ विश्व आदिवासी दिवसलाई भव्य रुपमा सफल बनाइदिन हुन युएइमा रहेका सम्पूर्ण नेपाली दाजुभई दिदीबहिनिहरुलाई नेपाल आदिवासी जनजाति महासंघ युएईले हार्दिक आव्हान गरेको छ l
मिति : २४ अगष्ट २०१२
समय : दिन को ठिक २ बजे देखि स्थान : इम्पेरिअल सुइट्स होटेल बरदुबई प्रवेश शुल्क : दिराम ३०.०० र दिनर सहित प्रवेश शुल्क : दिराम ५०.०० सम्पर्क : गिरमान थापा ( ०५५ ३९८५६००), डि. आर गुरुङ (०५५ ७७१२२५१), महेश मोक्तान (०५०७१६९१५२), भोजराज घले ( ०५५ ८१४६१०७)



