सवारी दुर्घटनामा एकको मृत्यु

२२ साउन, पाँचथर । पाँचथरमा भएको सावरी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मेचि राजमार्गको फिदिम जोरपोखरी सडक खण्डको थापाटार भन्ने स्थानमा गएराती भएको ट्याक्टर दुर्घटनामा चन्द्र शिवाको मृत्यु भएको हो ।

दुर्घटनामा परि ट्याक्टर चालक कुमार लक्सम घाइते भएका छन् । फिदिम ५ हेंवाखोलादेखि बालुवा लिएर फिदिम बजार आँउदै गरेको मे १ त ११६० नम्वरको ट्याक्टर पल्टिएर सह चालक शिवाको घटना स्थलमै मृत्यु भएको हो ।

चालकले अधिक मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

 

– RSS

अन्य समाचारहरु