काठमाडौं । काठमाडौंको न्युरोडस्थित क्लासिक होटेलबाट २९ लाख ५० हजार रुपैयाँ नक्कली भारु सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराका वासिरमिया, पाकिस्तानका मोहम्मद निमुल्ला र मिमुल्ला रहेका छन् ।
उनीहरुलाई केहीबेर अघि मात्रै पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
अभियुक्तहरुलाई मंगलबार सार्वजनिक गरिने काठमाडौं प्रहरी परिसरका डिएसपी धिरज प्रताप सिंहले जानकारी दिए । RSS