पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको सखुवागाछीमा टिपर दुर्घटना, युएनका गाडी चालक सहित ३ जनाको मृत्यु

अमर खड्का

 

इटहरी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इनरवा-३ सखुवागाछीमा भएको सडक दुर्घटनामा युएनका गाडी चालक सहित ३ जनाको मृत्यु भएको छ। ना ४ ख १३४ नम्बरको टिपरले बा १६ प ५१४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बिराटनगर-३ विजयकुमार शर्मा र इनरुवा बस्ने भारतीय नागरिक बुद्ध मलजैनको मृत्यु भएको छ।

 मोटरसाइकललाई ठक्कर दिएर अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ गइरहेको यूएनको ६६-८-१७०९ नम्बरको प्राडोलाई ठक्कर दिँदा गाडी चालक काठमाडौं निवासी राजेश थापाको मृत्यु भएको छ।


घाइतेहरुलाई जिल्ला इनरुवामा लाँदा लाँदै मृत्यु भएको हो।


टिपर चालक फरार भएका छन्।

अन्य समाचारहरु