नुवाकोटमा माइत हिंडेकी २५ वर्षीया सुत्केरी र डेढ महिनाको शिशुको ट्याक्सी दुर्घटनामा मृत्यु

नुवाकोट – डेढ महिनाको शिशुसहित माइती जान सुत्केरी चढेको ट्याक्सी आज नुवाकोटमा सडकबाट एक हजार मिटर तल खसेको छ। दुर्घटनामा काठमाडौँ मनमैजुकी २५ वर्षीया शोभा अधिकारी र उनको डेढ महिनाको शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।


 
नुवाकोटको मदानपुर गाविस-८ अधेरीखोलमा बा १ ज ५२५५ नम्बरको ट्याक्सी दुर्घटना भएको हो। अधिकारी सुत्केरी बस्न शिशुसहित नुवाकोट जिल्ला गेर्खु गाविसस्थित माइती हिंडेकी थिइन्।


दुर्घटनामा परी घाइते भएका तीन जनालाई उपचारको लागि काठमाडौँ लगिएको छ। रासस

अन्य समाचारहरु