रुपन्देहीमा विश्व स्तनपान सप्ताह

बुटवल संवाददाता

 

बुटवल – विश्व स्तनपान सप्ताह रुपन्देहीमा पनि सचेतनामूलक कार्यक्रमका साथमा मनाइएको छ ।


जिल्ल्ाा जनस्वास्थ्य कार्यालयसहित विभिन्न गैरसरकारी संस्था एंव स्वास्थ्यचौकीले स्तनपानको महत्वको बारेमा जानकारी गराएर स्तनपान सप्ताह मनाएका हुन् ।

 

यसैक्रममा रुपन्देहीका खड्वा वनगाई मक्रहर र गंगोलियामा स्तनपान सप्ताह कार्यक्रम सम्पन्न भएका छन् । उपस्वास्थ्य चौकी र तराई विकास मंचको संयुक्त पहलमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

बच्चा जन्मेको एक घण्टाभित्रै आमाको पहेलो बिगौती दूध खुवाउनुपर्ने ६ महिनासम्म आमाको मात्र दूध खुवाउन सवै आमाहरुलाई जानकारी गराइएको बताइएको छ ।


सो अवसरमा गर्भवति भएको तीन महिना पुगेपछि आईरन चक्की जुकाको औैषधिचार छ आठ र नौ महिनामा नियमित आफ्नो गर्भ जाँच गर्न प्रेरित गर्न अभिमुखिकरणसमेत गरिएको थियो । खड्वा वनगाईमा भएको कार्यक्रममा ५० जना मक्रहरमा ५३ जना र गंगोलियाको वडा नं ९ मा ४५ जना रहेको तराई बिकास माचले जनाएको छ ।

अन्य समाचारहरु