– कर्णजङ रायमाझी
सउल – रोजगारका लागि दुईवर्ष अघि दक्षिण कोरिया आएका एक नेपाली मृत अवस्थामा फेला परेका छन् । कोरियाको योङ्गगिन क्षेत्रमा रहेको यामेङ्ग सानक फलाम कम्पनीमा इपीएस कोटामा आएका ईलामका ३० वर्षीय सिद्धी राई बिहिबार बिहान मृत फेला परेका हुन् ।
बुधवार बेलुकासँगै खाना खाई साढे दश बजे आफ्नै कोठामा सुतेका राई बिहान आठ बजे मृत अवस्थाममा भेटिएको सोही कम्पनीमा कार्यरत सुनसरीका उमेश अधिकारीले वताउनुभयो ।
राई ९ महिना अघि मात्र कम्पनी परिर्वतन गरी सो फलाम कम्पनिमा सरेको अधिकारीले जानकारी दिनुभयो । सधै काममा आउने राई विहान काममा नआए पछि उनको खोजी भएको र कोठामा जादा मृत भेटिएको अधिकारीले जानकारी दिनुभयो । मृत फेला पर्ना साथ अधिकारी र कम्पनीका मालिकले प्रहरीलाई खबर गरेका थिए । घटना सम्बन्धि अनुसन्धानका लागि कम्पनी मालिक र राईसँगै कार्यरत उमेश अधिकारीसंग प्रहरीले जानकारी लिएको छ ।
हाल राईको शव आशान पेरहरि चौकीमा राखिएको छ ।प्रहरीले आवश्यक सहयोग र जानकारीका लागि प्रवासी मजदुर सहयोग केन्द्र छनानमा गिता राईसंग समेत जानकारी लिएको छ। यो समाचार तयार पार्दासम्म सम्म कोरिया स्थित नेपाली दुतावासका कुनै प्रतिनिधि घटना स्थलमा पुगेका छैनन् ।