भुतपुर्वक प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनाल कतार आउने

– पशुपति श्रेष्ठ,

     कतार



नेपाल लोकतान्त्रिक मञ्च कतार शाखाको निमन्त्रणामा एमाले अध्यक्ष झलनाथ खनाल कतार आउने भएका छन्।



मञ्चको पाचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न खनाल कतार आउने भएका हुन्। ईस्लाम धर्मावलम्बिहरुको महान पर्व इद अल

फित्रको अवसरमा आउदै गरेका खनालको साथमा एमाले केन्द्रिय सदस्य तथा प्रवास क्षेत्रका संयोक एवम पुर्व गृहमन्त्रि भिम रावल पनि आउने मञ्चका प्रमुख सल्लाहकार दिलकिरण खाजुमले बताउनुभयो।



मुलुकको संकमणकालिन अवस्था र त्यसको निकासका बारे मुलुक भित्र चलिरहेको संवादका विषयमा प्रवासिहरुको बिच रहेको जनचासोलाई प्रष्ट पार्ने प्रयास गरीने तथा वैदेशिक रोजगारका सम्भावना र चुनौतिका बारेमा पनि जानकारी लिने कार्यक्रम रहेको सल्लाहकार खाजुमले जानकारी दिनुभयो।



कार्यक्रम दोहा स्थित सिटि प्लाजा होटलमा गरीने बताईएको छ।