कतारमा ईद धमाका कार्यक्रम हुने:बिनिता बराल लगायत दर्जनौ कलाकार आउने

– पशुपति श्रेष्ठ दोहा,
मुस्लिम धर्मावलम्विहरुको महान पर्व रमजान महिनामा पर्ने तिन दिन ईदको अवसरमा ईद धमाका २०१२ कार्यक्रम आयोजना गर्ने आयोजक कुमार रेग्मिले बताउनुभएको छ।
नेपालबाट दर्जनौ कलाकार ल्याएर प्रवासमा रहेका नेपालीलाई भरपुर मनोरञ्जन दिने व्यवस्थापन गरेका लक्ष्मण खतिवडाले जानकारी दिनुभयो।
कार्यक्रम ईदको पहिलो र दोस्रो गरी दुई दिन राखिएको सो कार्यक्रममा नेपाली चलचित्र चपली हाईटमार्फत चर्चामा आएकि हट नायिका बिनिता बराल, गायक प्रमोद खरेल,धिरज राई, मल्लिका कार्कि, टिका क्षेत्रि,बिष्णु कार्कि,गायिका इन्दिरा जोशि, भारतीय टेलिभिजनबाट प्रशारित चर्चित कार्यक्रम डान्स इन्डिया डान्सका डान्सर प्रदिप गुरुङ,प्रिन्स गुप्ता,साजन सिँह, भावना पुरोहित हास्य तर्फ सुन्तली,धुर्मुस लगाएतका कलाकार आउने सो कार्यक्रमको टिकट पचास र सय रीयल राखिएको छ। 
दोहा स्थित अल अरवि र्स्पोट क्लव सलाटा एसि प्रयुक्तहलमा कार्यक्रम गरीने आयोजक रेग्मिले बताए। यसै बिच अर्घाखाँची सेवा समाजले यस कार्यक्रममा सहयोगि संस्थाको रुपमा काम गरेको र कतारमा रहेका अर्घेलीहरुलाई उक्त कार्यक्रममा सहभागिता जनाई भरपुर मनोरञ्जन लिउनुहुन अनुरोध गरेको छ।